Thursday, October 25, 2012

नुवाकोटमा माइक्रो दुघर्टना, चारको निधन

नुवाकोट, कार्तिक ८ -
काठमाण्डौबाट त्रिशुली जादै गरेको माइक्रो बस नुवाकोटस्थित पासाङ
ल्हामुमार्गको बेगकोट नमुना गाविसमा दुघर्टना हुँदा ४ जनाको मृत्यु भएको
छ । बा १ ज ९७५७ नम्वरको रुट विनाको माइक्रो बस बेगकोट नमुना गाविस वडा
नम्वर ५ ती गाउँस्थित ओरबोटे भिरवाट करिव ५ सय मिटर तलखसेको हो । मृत्यु
हुनेमा तीन महिला र एक पुरुष रहेको तर उनीहरुको सनाखत भईसकेको छैन । अन्य
१३ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाण्डौं
ल्याइएको छ । घटनास्थलमा उद्धार र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी
कार्यालय नुवाकोटले जनाएको छ ।

No comments:

Post a Comment