Monday, October 22, 2012

सहमतिको शुभकामना !

काठमाडौं, कार्तिक ६ - देशभर दसैंको माहौल छ । राजनीति क गतिरोध र
गहिरिँदो संकट समाधान हुने ठोस र सकारात्मक सन्देशबेगरको खल्लो दसैं
मनाइँदैछ । राजनीति क नेताहरू भने चिन्तारहित देखिएका छन् । चाडपर्वका
अवसरमा हुने भेटघाट र शुभकामना आदान-प्रदानलाई राजनीति क संकट समाधानका
लागि सहयोगी बनाउने प्रयासको थालनी नहुँदा जनतामा सकारात्मक सन्देश
प्रवाह भएको छैन ।
सहमति गर्न आफैंले तोकेका समय सीमा पटक-पटक सार्दै जाँदा नेताहरूको
विश्वसनीयता नराम्रो गरी खस्किएको छ । सायद धेरै अभिभावकले दसैंको
प्रार्थना गर्दा नेताहरूलाई सद्बुद्धिको कामना गर्नेछन् । आशीष दिँदा
केही नेताको नामै लिएर फलानो जस्तो बिहान, दिउँसो र बेलुका बोली फेर्ने
नगर्नु भन्ने छन् ।
उनीहरूलाई थाहा छ, चाडपर्वको उल्लास जति नै भए पनि देश गम्भीरदुर्घटनाको
डिलमा छ । दसैं-तिहार र अन्य चाड बिदा नहुँदै देशको कामचलाउ बजेट सकिनेछ
। सर्वोच्च अदालत, लोकसेवा आयोगजस्ता संवैधानिक निकायहरू रिक्त हुनेछन् ।
यस्तो भयावह स्थितिमा नेताहरूले चाडपर्व उमगिंएरमात्र पुग्दैन । देश
हाँक्ने उनीहरूले चाडपर्व र बिदालाई पनि अवसरका रूपमा प्रयोग गर्नुपर्छ ।
प्रमुख दलका नेताहरूले एक महिनाअघि नै असोजभरमा सहमतिमा पुग्ने आश्वासन
दिएका थिए । साउन, भदौ हुँदै सरेको सहमतिको भाका असोजमा सार्दा उनीहरूले
शीतलनिवासमा राष्ट्रपतिसामु नै बैठक गरेका थिए । त्यसयताको महत्त्वपूर्ण
समय पनि निरर्थक बनाए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सुकुटे
रिसोर्ट पुगेर सहमतिकै अभिव्यक्ति दोहोर्‍याएका छन् । तर त्यसका लागि
विश्वसनीय वातावरण बनाउने तदारुकता देखाएका छैनन् । अरू दलका अधिकांश
शीर्ष नेता पनि राजधानी बाहिर छन् । उनीहरूलाई पनि दसैं नै लागेको छ ।
अब निकासको पहिलो खुड्किलो नै राजनीति क सहमति बनेको छ । नयाँ निर्वाचन
वा जुनसुकै विकल्पमा जान पनि सहमति अपरिहार्य छ । संविधान संशोधनका लागि
संसद् नभएको, सरकार कामचलाउ रहेको, संवैधानिक निकायहरू रिक्त रहेको र
चालू आर्थिक वर्षका लागि बजेटसमेत ल्याउने बाटो नभएको अवस्था राजनीति क र
संवैधानिक संकटको चरम रूप हो ।
लोकतन्त्रमा जति नै आलोचना भए पनि दलहरूको विकल्प दलहरू नै हुन् ।
उनीहरूले अमूर्त राजनीति क सहमतिको रट लगाउनुभन्दा प्रक्रियामा सहमति
गरेर जनतामा जानुपर्छ । जनताले गरेको फैसला र अनुमोदन नै वैधानिकताको
मुख्य स्रोत हो । तर दलका नेताहरू जनतामा जानेभन्दा आपसी लछफल गरेर
समाधानमा पुग्ने प्रयास गरिरहेका छन् । यो प्रक्रिया अनन्तकालसम्म रहन
सक्दैन । विकल्पमाथि विकल्प खुला गरेर गरिएका छलफलले मुलुकलाई अग्रगमनमा
लैजान सक्दैनन् । सर्वसम्मति जति सुन्दर सुनिए पनि सधैं सम्भव हँुदैन ।
त्यसैले प्रक्रियामा सहमति गरी आ-आफ्ना प्रस्ताव लिएर जनतामा जान तयार भए
दसैंलगत्तै समाधान निस्कन सक्छ । त्यसका लागि दसैंले सहमति जुटाउन सकोस्-
शुभकामना !
प्रकाशित मिति: २०६९ कार्तिक ६ १२:५७

No comments:

Post a Comment