Sunday, October 21, 2012

घूसकाण्डका मन्त्री बेलवासेद्वारा राजीनामा

काठमाडौं, कार्तिक ५ - घूस प्रकरणमा मुछिएका श्रम तथा रोजगारमन्त्री
कुमार बेलवासेले राजीनामा दिएका छन्। स्रोतका अनुसार शनिबार
प्रधानमन्त्रीको कार्यालयमा उनले राजीनामा फ्याक्स गरेर प्रधानमन्त्रीलाई
फोनबाट जानकारी गराएका हुन् । बिदा भएकाले उनको फ्याक्स भने
प्रधानमन्त्रीले साँझसम्म हेर्न नपाएको स्रोतले जनायो ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठका अनुसार
बेलवासेले घूस मागेको सार्वजनिक भएपछि शनिबार बिहानै भट्टराईले फोन गरी
राजीनामा दिन निर्देशन दिएका थिए । बेलवासे नेकपा मालेबाट मन्त्री भएका
हुन् ।
म्यानपावर व्यवसायीको आवरणमा पुगेका 'भ्रष्टाचारविरुद्धको अभियान नेपाल'
नामक सामाजिक संस्थाका पदाधिकारीसँग पार्टीका लागि भन्दै बेलवासेले रकम
मागेका थिए । यसअघि भट्टराईले श्रम तथा रोजगारमन्त्री सरिता गिरीलाई समेत
भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेका थिए । बेलवासेले राजीनामा दिएपछि
इतिहासमै सबभन्दा जम्बो४९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर रेकर्ड राखेका
भट्टराई सरकारमा जम्मा १६ मन्त्री बाँकी रहेका छन् ।कांग्रेस,
एमालेलगायतका दलले सत्ता छाडेपछि मन्त्रिपरिषद्को आकार सानो हुन पुगेको
हो । भट्टराई सरकारमा बेलवासेबाहेक एमाओवादीका ६, मधेसी दलका ६ र माले
समाजवादी, परिवार दल, नेपाः पार्टी र चुरे भावर पार्टीका एक/एक मन्त्री
छन् ।
प्रकाशित मिति:

No comments:

Post a Comment