Sunday, October 21, 2012

आजदेखि लोडसेडिङमा घट्ने

५ कार्तिक,काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले दसैँ अवधिभर विद्युत्
कटौतीको समय घटाउने निर्णय गरेको छ । बडादसैँलाई ध्यानमा राखेर आजदेखि
कात्तिक१३ गतेसम्म लोडसेडिङको समय घटाउने निर्णय गरेको प्राधिकरणले
जनाएको छ। प्राधिकरणका अनुसार कात्तिक ५ देखि १३ गतेसम्म सातामा १८ घन्टा
मात्रै लोडसेडिङ हुनेछ । हप्ताको पाँच दिन २-२ घन्टा र दुई दिन ४-४
घन्टाका दरले लोडसेडिङ गरिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
Comments:

No comments:

Post a Comment