Thursday, September 20, 2012

फलफूल बेचेर ३ दिनमा ३ करोडको व्यापार

४ असोज, जनकपुरधाम । हिन्दुहरूको महान् चाड विश्वकर्मा पूजा, तीज र चौरचन
(चौठ चन्द) को अवसरमा यहाँका फलफूल व्यापारीले रु तीन करोडको व्यापार
गरीआर्थिक लाभ लिएका छन् । यहाँ वार्षिक रु १२ करोडको फलफूल व्यापार हुने
गर्दछ । जनकपुर नगरपालिका वडा नं ७ मा रहेको फलफूल बजारमा केरा, स्याउ,
नासपाती र अनारको करिब पाँच हजार खुद्रा तथा थोक व्यापारी रहेका छन् ।
फलफूल व्यवसायी सङ्घका महासचिव भुवनेश्वर पूर्वे भन्नुहुन्छ - यस
व्यापारबाट करिब दुई लाख ५० हजार मानिस प्रत्यक्षरूपमा लाभान्वित भइआएका
छन् ।
करिब २२ जना थोक व्यापारीले भारतको नासिकबाट अनार, जम्बु, कश्मिर र
दिल्लीबाट स्याउ काठमाडौँबाट नास्पाति तथा भान्टाबारीबाट केरा ल्याएर
व्यापार गर्दै आइरहेका छन् । यस व्यापारमा करिब ७० प्रतिशत स्थानीयवासी
संलग्न छन् । सिरहा, सप्तरी, महोत्तरी, सुनसरी, मोरङ, सर्लाही तथा
धनुषामा बढी मात्रामा खपत हुने फलफूल ल्याउँदा ट्राफिक र जनपथ प्रहरीले
दुःख दिने गरेको उनीहरूको गुनासो रहेको छ । फलफूल व्यवसायीहरूले फलफूलको
आयात गर्दा रोयल्टी (कर) नलिने भनी जिल्ला विकास समिति सप्तरी, सिरहा र
महोत्तरीको नाममा २०६८ सालमा आदेश जारी गरिए पनि अदालतको निर्णयलाई
बेवास्ता गर्दै ती जिल्ला विकास समितिहरूले गैरकानुनीरूपमा पैसा लिने
गरेको फलफूल व्यवसायी सङ्घका अध्यक्ष धनेश्वरप्रसाद साहको गुनासो छ ।
रासस

No comments:

Post a Comment