४ असोज, नुवाकोट । श्रीमतीले दिएको चरम यातना सहन नसकी एक पुरुष प्रहरीको
शरणमा गएका छन । महिलाबाट जति नै पीडित भए पनि बाहिर नल्याउने हाम्रो
पुरुष प्रधान समाजमा एक श्रीमान अत्याचारपछि प्रहरी कहाँ पुगेको जनाएको छ
। श्रीमतीको उजुरी लिएर प्रहरी कहाँ जना विदुर नगरपालिका–९ जुंगेटारका ५१
वर्षीय पूर्णबहादुर नेपाली हुन । उनले आफू लामो समयदेखि श्रीमतीबाट पीडित
हुँदै आएकाले त्यसको कानूनी उपचारको माग गरेका छन ।
मदिराले मातेकी श्रीमती मिठुले कहिले खुर्पाले त कहिले लाठाले आक्रमण
गरेर दुई दिनअघि घाइते बनाएपछिपीडित नेपालीले "श्रीमतीलाई कारबाही
गरिपाऊँ' भन्दै प्रहरी कहाँ निवदेन दिएका हुन् । वर्षौंदेखि श्रीमतीले
शारिरीक र मानसिक पीडा दिँदा पनि सहेर बसेको भन्दै अहिले ज्यानै लिने गरी
आक्रमण गरेपछि आफू प्रहरी कार्यालय आउन बाध्य भएको पूर्ण बहादुरलेजनाएको
छ । घाइते पूर्णबहादुरको पाखुरा र टाउकामा चोट लागेको छ । मदिराले
उन्मुक्त भएर श्रीमतीको मानसिक र शारीरिक यातनाबाट आजित पूर्णबहादुरको
निवेदनपछि प्रहरीले श्रीमतीलाई झिकाई दुवैलाई चार घन्टासम्म राखेर छलफल
गरेपछि दुवैजना छुट्टाछुट्टै बस्ने सर्तमा राजी भएपछि घर पठाएको प्रहरी
निरीक्षक प्रल्हाद अधिकारीले बताए । काठमाडौँमा बस्ने छोरासँग आमा बस्ने
र बाबुलाई घरमाएक्लै राख्ने सहमति भएको थियो । उनीहरूको सम्बन्धमा
बिस्तारै सुधार ल्याउन महिनामा एक पटक बाआमालाई भेटाउन पनि प्रहरीले
नेपाली दम्पतीको छोरालाई सुझाव दिएको छ । रासस
No comments:
Post a Comment