१७ भाद्र, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मी नजिकै नेपाल टेलिकमको भवन निर्माण गर्ने क्रममा आठ वटा सकेट बम फेला परेको छ ।
सदरमुकाम तम्घासमा निर्माण गर्न लागिएको भवनको घडेरी सम्याउने क्रममा आठ वटा सकेट बम फेला परेपछि त्रास फैलेर भवन निर्माण कार्य अवरुद्ध बनेको छ । सदरमुकाम तम्घासमै यति धेरै सकेट बम फेला परेपछि गुल्मीका स्थानीय वासिन्दामा भयभितभएका छन् । धेरै पहिले राखिएका ती सकेट बमको म्यादगुजि्रसकेकाले खतरा नरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
द्वन्द्वको समयमा सशस्त्र प्रहरी बसेको स्थानमाप्रहरीले लगाएको तारबार पन्छाउने क्रममा कामदारहरुले खिया लागेको अवस्थाका बम फेला पारेका हुन् । बम द्वन्द्व कालमा आफ्नो सुरक्षाको लागि सशस्त्र प्रहरीले राखेको प्रहरीले जनाएको छ ।कालिदत्त गुल्मको नेपाली सेनाको एक टोलीले बम निष्त्रिmय पारेको छ । रासस
No comments:
Post a Comment