Tuesday, September 4, 2012

कोरियामा अस्पतालको आईसियुमा एक नेपाली अलपत्र

रोजगारीको सिलसिलामा कोरिया आएका पेम्बा नाम गरेका एक नेपाली काम गर्ने क्रममा गत ५ दिन अघि देखि आनसानको कोदे अस्पतालको आईसियुमा अत्यन्तैसिकिस्त रुपमा रहेको दोभाषेको लागी अस्पताल पुगेका बुद्धि गुरु¨ले जानकारी गराउनु भएको छ ।
गुरु¨ले कोरियामा केहि दिन अघि भीषण टाईफन आएको दिन क्य¨गिदो स्थित हवास¨ क्षेत्रमा कार्यरत पेम्बाको कंम्पनी मालिकको घरको छाना उडाएको रहेछ । कंम्पनी मालिकको घरको छाना मर्मत गर्ने क्रममा खुटटा चिप्लीएर २ तल्ला माथि देखि खसी भुईमा टाउको ठोक्किएर बेहोस भई अस्पताल पुरयाएको रहेछ । केहि दिन अघि सम्म त अलि अलि हात चलाउथ्यो । अहिले त हात समेत नचलाउने अवस्थामा रहेको बताए ।
आज ढिलो समयमा अस्पताल पुगेको बिमारी र डाक्टरलाई भेटन पाईएन । त्यसैले पेम्बाको बारेमा विस्तृत जानकारी भोली मात्र थाहा हुन सक्छ उनले थप भने ।
उनले भिसा नभएको कारणले होला ५ दिन अघि देखि अस्पतामा अत्यन्त चिन्ताजनक अवस्थामा रहेको पेम्बाको बारेमा नेपाली संघसंस्था तथा नेपाली राजदुतावलाई थाहा नभएर अलपत्र परेको बताए

No comments:

Post a Comment