Thursday, September 20, 2012

चिनी अभाव हुन सरकारले नदिन ५ करोड ऋण दिने

४ असोज, काठमाडौ । चाड पर्वको ओइरो लाग्न लागेका बेला चिनीको अभाव हुन
नदिन सरकारले नेशनल ट्रेडिङलाई ५ करोड रूपैयाँ ऋण दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्‍को बैठकले चाडपर्वका बेला चिनीको अभाव हुन नदिन
समयमै चिनी आयात गर्नका लागी ऋण दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा
सञ्चारमन्त्री राजकिशोर यादवले बताए । त्यसैगरी सरकारले खानेपानी महसूल
निर्धारण आयोगको अध्यक्षमा हरिप्रसाद शर्मालाई चार वर्षका लागि नियुक्त
गरेको छ । प्राय चाडपर्वमा चिनीको प्रयोग बढी हुने र यही बेला चिनीको
अभाव भई बजारमा कालोबजारी समेत हुने गरेको छ । यसैलाई मध्यनजर गर्दै
सरकारले समयमै चिनी ल्याउन ऋण दिने निर्णय गरिएको बताइएको छ ।
आजको बैठकले पत्रपत्रिका पठाउँदा लाग्ने हुलाक महसूल छुट दिने निर्णय
गरेको छ । त्यसैगरी अस्ट्रेलियन सरकारलेअवैतनिक वाणिज्य दूत लक्ष्मणबाबु
श्रेष्ठलाई प्रदान गरिएको विभुषण ग्रहण गर्न सरकारले अनुमति प्रदान गरेको
छ ।

No comments:

Post a Comment