Monday, September 10, 2012

लोडसेडिङ घटाउन दुई दिन बिदा !

काठमाडौं, भाद्र २५ - सरकारले ऊर्जा बचत गरी लोडसेडिङ घटाउन तथा डिजेल
खपतलाई कम गर्न सरकारी कार्यालय, संस्थान र शिक्षण संस्थामा साताको दुई
दिन बिदा दिने तयारी गरेको छ । उद्योगधन्दा, वित्तीय क्षेत्र र
कर्पोरेटसहित सम्पूर्ण निजी क्षेत्रका प्रतिष्ठान र कार्यालयलाई समेत
साताको दुई दिन बिदा गर्न सरकारले आग्रह गर्ने भएको छ ।
ऊर्जा मन्त्रालयले लोडसेडिङ घटाउन साताको दुई दिन बिदा गर्नेसहित
विद्युत् चोरी हुने ठाउँमा लोडसेडिङ बढाई अन्यत्र घटाउने, दुहवी-कटैया र
ढल्केबर-मुजफ्फपुरमा नेपाल-भारतबीचको अन्तरदेशीय प्रसारण लाइन द्रुत
गतिमा निर्माण गरी भारतबाट बढी बिजुली आयात गर्ने र भएका आयोजनाबाट पूर्ण
क्षमतामा विद्युत् उत्पादन गर्नेलगायतका कार्ययोजना बनाएको छ ।
ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका अधिकारीले प्रधानमन्त्री बाबुराम
भट्टराईलाई सम्पूर्ण सरकारी कार्यालय र निजी क्षेत्रका उद्योगधन्दा तथा
व्यापारिक प्रतिष्ठानमा साताको दुई दिन बिदा गर्नेसहित लोडसेडिङ घटाउने
तथा डिजेलको खपत कम गर्ने कार्ययोजनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री भट्टराई यो कार्ययोजनामा सहमत भएसाताको दुई दिन शनिबार र
आइतबार बिदा दिन तथा निजी क्षेत्रलाई समेत दुई दिन बिदा गर्न आग्रह
गर्नेसहितको कार्ययोजनासम्बन्धी प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषदमा
लाने तयारी गरेकोछ । प्रधानमन्त्री भट्टराईले नै ऊर्जा मन्त्रालय
सम्हालेका छन् ।
दुई दिन बिदा गर्दा साताको पाँच दिन कार्यालय समयबढाएर बिहान ९ देखि ५
बजेसम्म गरिनेछ । दुई दिन बिदा गरे पनि साताको कुल कार्यालय समय भने
नघट्नेजानकारी सरकारी अधिकारीले दिए । हाल आइतबारदेखि बिहीबारसम्म १०
देखि ५ र शुक्रबार १० देखि ३ बजेसम्म गर्दा साताको कुल कार्यालय समय ४०
घन्टा हुन्छ । साताको दुई दिन बिदा गर्दा पनि सोमबारदेखि शुक्रबारसम्म ८
घन्टाका दरले कार्यालय समय ४० घन्टा नै हुने भएकाले सरकारी कार्यालयले
आमजनतालाई गर्ने सेवा प्रवाहमा नकारात्मक असर नपर्ने दाबी ती अधिकारीको छ

साताको थप एक दिन बिदा गर्दा ४ लाख युनिट बिजुली बचत हुने र त्यसले आगामी
हिउँदयाममा लोडसेडिङ दैनिक १७ घन्टा भन्दा नबढाउन सकिने जानकारी
प्राधिकरणका एक अधिकारीले दिए । आगामी हिउँदमा दैनिक १९ घन्टासम्म
लोडसेडिङ हुने प्राधिकरणको प्रक्षेपण छ ।

No comments:

Post a Comment