Saturday, August 25, 2012

बैदेशिक रोजगारीमा ठगी रोक्न दुई शक्तिशाली समिति

९ भदौ, काठमाण्डौ । सेटिङ मिलाएर सरकारी कर्मचारीबाटै वैदेशिक रोजगारीमा ठगी हुने क्रम बढेपछि सरकारले सरकारी कर्मचारीलाई तत्कालै कारवाही गर्न सक्ने गरि अधिकारसहितका दुई शक्तिशाली समिति बनाएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सरोकारवाला सरकारी निकायको वैठकमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक उच्चस्तरीय समिति र गृह सहसचिवको नेतृत्वमा बिशेष आपतकालीन उद्दार समिति गठन गर्ने निर्णय भएको हो ।
गृह मन्त्रालयका सहसचिव शंकरकोइरालाको नेतृत्वमा गठित बिशेष आपतकालिन उद्दार समितिअर्थात र्‍यापिड रेस्पोन्स टीमलाई बैदेशिक रोजगारीसम्बन्धी संस्थाको आपतकालीन अनुगमन गर्ने र अनियमिततामा संलग्नहरुलाई कारवाही गर्न उच्चस्तरीय समितिलाई सिफारिस गर्ने छ । सिफारिस गरेको ब्यक्तिmलाई कारवाही गर्ने नगर्ने अधिकारपरराष्ट्र मन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय समितिलाई हुने छ ।
शंस्कापस्द देखिएका तर पुष्टी नभएका ब्यक्तिलाई समेत कारवाही गर्ने अधिकार उच्चस्तरीय समितिलाई दिइएको समिति अध्यक्ष परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो । र्‍यापिड रेस्पोन्ट टीममा बैदेशिक रोजगार बिभागका महानिर्देशक,अध्यागमन बिभागका महानिर्देशक, राष्ट्रिय सर्तकर्ता केन्द्रका एक सहसचिव, बिमानस्थल कार्यालयका प्रमुख, बैदेशिक रोजगार प्रर्बद्धन बोर्डका कार्यकारी निर्देशक र परराष्ट्र मन्त्रालयका एक सहसचिव छन् ।
३० बर्ष नपुगेका महिलालाई घरेलु महिला कामदारका रुपमा खाडी क्षेत्रमा जान नदिने सरकारले नीति बनाएको भएपनि बिमानस्थलमा अध्यागमन कर्मचारी, प्रहरी लगायतको मिलेमतोमा युवतीहरुको तस्करी हुन थालेपछि सरकारले त्यसलाई रोक्न यस्तो कदम चालेको बताइएको छ । टीमले कुनै पनि बेला एअरपोर्टको अध्यागमनमा छड्के गरि सेटिङमा संलग्नलाई कारवाहीको सिफारिस गर्न सक्ने छ ।

No comments:

Post a Comment