Saturday, August 25, 2012

‘महिलाले किन राष्ट्रपति ताक्ने, गाविसअध्यक्ष भए हुँदैन ?’

काठमाडौ, भाद्र ९ - एमाले उपाध्यक्ष एवम् अखिल नेपाल महिला सङ्घकी अध्यक्ष विद्यादेवी भण्डारी ले राजनीतिमा लागेका नेपाली महिलाहरूमा मिहिनत, कर्तव्य र जिम्मेवारीभन्दा पद तथा कुर्सीप्रतिको महत्वकाङ्क्षा बढ्दै गएको बताएकी छन् ।
गरिबी निवारणका लागि दक्षिण एसियाली सञ्जालद्वारा आयोजित लैङ्गिक न्यायका लागिसशक्तीकरण अभियानको शुभारम्भ गर्दै उनले भनिन्–“सभासद्देखि राष्ट्रपतिसम्मको पद ताक्न पछि नपर्ने कुनै पनि नेपाली महिलाले गाविसअध्यक्ष भएर राम्रोसँग चलाएर देखाउँछु भनेको पाइँदैनन्÷सुनिँदैन ।”
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले विकासको नाममा ल्याउने अधिकांश रकम यातायातर बैठक भत्तामै खर्च गर्ने गरेको बताउँदै उपाध्यक्ष भण्डारीले उनीहरूको काम कारबाही लक्षित समुदायमा पुग्नुको साटो कागज र बैठकमा मात्रै सीमित हुने गरेको भनी दुःखेसो पोखिन् ।
कुनै एक विशेष क्षेत्र छनौट गरी आफ्ना कार्यक्रमहरू गाउँतहमा पुग्ने गरी सञ्चालनमा ल्याउन सुझाउ दिँदै उनले सरकार र राजनीतिक दल जनताप्रति उत्तरदायी हुने र बजेटको सही सदुपयोग हुने हो भने सरकारले महिलाको क्षेत्रमा छुट्याएको बजेटबाट धेरै उपलब्धि हासिल गर्न सकिने बताइन् ।
अखिल नेपाल महिला सङ्घकी वरिष्ठ पदाधिकारी एवम् पूर्वसभासद् सीता पौडेलले महिला आर्थिक उपार्जनको पहुँचबाट टाढा रहेकाले जीवनका हरेक क्षेत्रमा पछाडि परेको तर्क प्रस्तुत गरिन् ।

No comments:

Post a Comment