Thursday, August 2, 2012

विदेशवाट घर र्फकदा श्रीमति अर्कैसंग भागेपछि

१८ साउन, म्याग्दी । पर्वत, पाङका दीपक चापागाईं हिजोआज निकै तनाबमा छन् । वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार गएर हालै घर फर्केका उनी घर फर्केको एक महिना नबित्दै बेनीमा सामान्य व्यापार गरी बस्दै आएकी आˆनी श्रीमती अर्कैसँग भागेपछि तनाबमा परेका हुन् ।दीपक कतारबाट एक वर्षपछि घर फर्केका थिए । उनकी श्रीमती मञ्जु गत असार ३१ गते दुई छोरीलाई अलपत्र छाडेर भिनाजु नाता पर्ने राजु पौडेलसँग भागेकी हुन् । उनी तीन तोला सुनका गहना र १७ हजार रुपैयाँ लिएर हिँडेको दीपकको भनाइ छ । ‘एक वर्षको अवधिमा मैले कतारबाट पठाएको रु सात लाखमध्ये रु दुई-तीन लाखको मात्र हिसाब पाएको छु, उनको खोजीका लागि प्रहरीमा हुलियासहित जाहेरी दिएको छु’, दीपकले बताए ।
यस्तै कुवेतबाट २०६७ साल माघमा फर्केका पिप्ले गाविस-३ गैरीगाउँका क्षेत्रबहादुर जिसी आˆनी बेपत्ता श्रीमती केशकुमारीको खोजीमा थिए । तीन वर्षपछि घर र्फकेका जिसीकी श्रीमती २०६७ साल पुस २ गतेदेखि दुई छोरा र दुई छोरीलाई अलपत्र छाडेर हराइन् । घर र छिमेकीको रु दस लाख र पाँच तोला सुन लिएर फरार भएकी श्रीमतीको खोजीमा प्रहरीले पहल नगरेको पीडा जिसीले बेनीमा पत्रकार सम्मेलन नै गरेर पोखेका थिए । भारतमा बाह्र र कुवेतमा तीन वर्ष कमाइ गरेर ल्याएको सबै रकम लिएर श्रीमती फरार भएपछि घर फर्किंदा न विदेशमा दुःख गरेर कमाएको रकम, न त श्रीमती नै साथमा-क्षेत्रबहादुरले सञ्चारकर्मीसँग बिलौना गर्दै भने । श्रीमती त अर्कासँग गई गई, वर्षौंदेखि दुःखले कमाएको धनपैसा पनि गयो, कसरी बालबच्चा पाल्ने, बुढेसकालमा न श्रीमती, न सम्पत्ति नै- उनको थप दुःखेसो थियो ।
यी त प्रतिनिधि घटनामात्र हुन्, जसले विप्रेषण -रेमिट्यान्स)सँगै पारिवारिक विखण्डन पनि ल्याउँदैछ भन्ने स्पष्ट झल्को दिएको छ । अर्थोपार्जनका निम्ति श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीका लागि जानु नेपाली युवा र समाजको बाध्यताजस्तै बनेको छ । वैदेशिक रोजगारले धेरैलाई फलिफाप बनाए पनि कसैका लागि भने अभिशाप नै बनेको छ । युवा उमेरका जोडी लामो समयसम्म छुट्टएिर बस्नुपर्दा त्यसले अनेकौँ समस्याका साथै सामाजिक एवम् पारिवारिक विखण्डनसम्म निम्त्याएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायबउपरीक्षक दिनेशकुमार आचार्यका अनुसार बिदेसिएकाहरुले पठाएको रकमबाट स्वदेशमा बस्नेले विलासी जीवनशैली अपनाउने, परपुरुष-परस्त्रीसँगको सम्बन्ध बढाउनेजस्ता विकृति देख्न थालिएको छ । वैदेशिक रोजगारबाट व्यक्तिको आर्थिक हैसियत हृवात्तै बढ्ने र सम्पत्तिको सही सदुपयोग हुन नसक्दा केही मानिसलाई विचलितसमेत बनाएको उहाँ बताउनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालयमा हराएको मानिस खोजीका लागि पर्ने उजुरी सङ्ख्या बढ्दो रहेको, जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा पनि उकालो लागेको र बिदेसिएका श्रीमान्ले घरमा श्रीमतीलाईरकम पठाउने र घर आउँदा श्रीमती र सम्पत्ति पनि केही नहुने समस्या बढ्न थालेपछि पछिल्लो समयमा विदेशबाट संयुक्त खातामा रकम पठाउने क्रम पनि बढ्दो रहेको बताइएको छ । म्याग्दीका १४ हजार युवा वैदेशिक रोजगारीमा रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ ।म्याग्दी प्रहरीमा आव ०६८/६९ मा ५६ जना हराएको भन्दै खोजी गर्नका लागि उजुरी परेको र त्यसमा २६ महिला थिए । हराएका महिलामध्ये चार जनामात्र भेटिएको जानकारी प्रहरी नायब उपरीक्षकआचार्यले दिनुभयो । यसैगरी अघिल्लो आव ०६७/६८ मा ३६ जना हराएकामा महिला सङ्ख्या १६ थियो भने पाँचजना महिला पछि प्रहरी र परिवारको सम्पर्कमा आएका थिए ।
अहिले वैदेशिक रोजगारका कारण बिथोलिएको परिवारलाई मिलाउनु टाउको दुःखाइको विषय बनेको, १६ देखि ४५ वर्ष उमेरका व्यक्ति हराउने गरेका र प्रायःजसो उजुरी वैदेशिक रोजगारीबाट फर्केकाहरुले आˆना श्रीमान् वा श्रीमती हराएको भनेर दिने नै बढी रहेको प्रहरीको भनाइ छ ।हराएको भनी खोजीका लागि उजुरी आए पनि वास्तवमा अधिकांश महिला एवम् पुरुष दोस्रो विवाह गरी भागेको पाइने गरेको प्रहरीको अनुभव छ । प्रहरी निरीक्षक प्रेम थापा श्रीमती धनमाल लिएर हराएको भनेर उजुरी आउने क्रम बढेको बताउनुहुन्छ । म्याग्दी प्रहरीमा केही महिनाअघि एउटा यस्तै उजुरी आयो । भारतीय सेनाका जागिरे बरङ्जाका एक युवकले आˆनी श्रीमती धनसम्पत्ति हिनामिना गरी हराएको भन्दै खोजी गरी पाउ“m भनी उजुरी दिएका थिए । प्रहरीले उजुरीपछि मोबाइलकललाई आधार बनाएर खोजी सुरु गर्‍यो । अनुसन्धानका क्रममा ती युवकले पोखरामा श्रीमतीका नाममा घडेरी किनिदिएको भेटियो, अनुसन्धानकै क्रममा ती युवकको पूर्वश्रीमतीसँग भेट भयो, ती महिलाले पूर्वश्रीमान्का घरजग्गा, सम्पत्ति सबै फिर्ता दिने तर साथ नदिने सम्झौता गरिछन् र सोको जानकारी प्रहरीलाई गराइएको थियो-प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
प्रहरीले केही आत्महत्याका घटनालाई वैदेशिक रोजगारीसँग जोडेर अध्ययन गरेको र त्यसक्रममा विदेशमा रहेका श्रीमान् घर आएको केही दिनपछि अथवा आउनुभन्दा एक दुई दिनअगावै श्रीमतीले आत्महत्या गरेको पाइएको जानकारी पनि प्रहरीले दिएको छ । जिल्ला अदालत, म्याग्दीले आव ०६८/६९ मा ६० वटा सम्बन्धविच्छेदका मुद्दा फैसला गरेको र यसो हुनाको पछाडि वैदेशिक रोजगार नै कारक हुनसक्ने अदालतका श्रेस्तेदार हर्कबहादुर क्षेत्रीको भनाइ छ । मनोविज्ञका अनुसार विवाहपछि बिदेसिने दम्पतीबीच शारीरिक संसर्ग नहुँदा र भावनात्मक आदानप्रदानको बाटोसमेत बन्दहुँदा उनीहरु त्यसको विकल्प खोज्नतिर लाग्छन् । म्याग्दी बहुमुखी क्याम्पस, समाजशास्त्र विषयकाअध्यापक गोरखबहादुर जिसी भन्नुहुन्छ-सबै परिवारमा यस किसिमको विकृति देखिएको छैन, कतिपयको गलत प्रवृत्ति र पष्ठिभूमिले पनि पारिवारिक विचलन ल्याउने गर्छ, एकाध परिवारमा देखिएको विकृत रुप र विचलनबाट अरु डराउनुपर्ने अवस्था छैन । अधिकारवादीहरु आर्थिकरुपमा महिला सबल हुने क्रमसँगै पुरुषप्रधान सोचबाट आफूलाई मुक्त गराउन खोजेको सङ्केत पनि ठान्छन् भने अर्कातर्फ विदेशबाट आएको रेमिट्यान्सले ग्रामीण अर्थतन्त्रलाई सहयोग गरे पनि त्यसको सही सदुपयोगको अभावमा विकृति निम्त्याउने त होइन भन्ने चिन्ता पनि बढेको छ ।

No comments:

Post a Comment