१९ साउन, काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल परिसरमा रहेका पुराना जहाज लिलामीका लागि पटकपटक सार्वजनिक सूचना प्रकाशित गरे पनि अहिलेसम्म एउटा बाहेक अन्य जहाज लिलाम हुन सकेको छैन ।
विमानस्थल परिसरमा थन्किएका विभिन्न वायुसेवा कम्पनीका करिब एक दर्जन जहाज लिलामीका लागि सूचना सार्वजनिक गरिए पनि पुराना र थोत्रा जहाजको प्रयोग कहीँ कतै हुन नसक्ने भन्दै कोही पनि खरिद गर्न नआएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विभिन्न कम्पनीका एकदर्जन पुराना जहाजको लिलाम प्रक्रिया गत चैतमा सार्वजनिक सूचनामार्फत अगाडि बढाएको थियो । सो अवधिमा जहाज खरिदका लागि कसैले चासो नदेखाएपछि गत हप्ता पुनः तीन हप्ताको सूचना निकालेर लिलामीका लागि थप समय दिइएको छ ।
विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले यति एयरलाइन्सको एउटा वाई १२ जहाज मात्रै लिलाम भएको जानकारी दिनुभयो ।
‘दुर्घटनामा परेका र विभिन्न प्राविधिक कारणबाट उडान गर्न नसक्ने पुराना जहाज लिलाम गरी विमानस्थल परिसरलाई सफा गर्ने योजनाका साथ लिलामीको प्रक्रिया अगाडि बढाए पनि त्यसले पूर्णता पाउन सकेन, अब हामी नयाँ उपाय निकालेर पुराना जहाजको लिलामी प्रक्रिया अगाडि बढाउाछौँ’- महाप्रबन्धक सुमनले भन्नुभयो ।
उहाँले पछिल्लोपटक निकालिएको लिलामीको सूचनाले बाँकी रहेका ११ वटै जहाज लिलाम हुने विश्वास व्यक्त गर्नुभयो ।
विमानस्थल परिसरमा यति एयरलाइन्सका दुईवटा, कस्मिक एयरका पाँचवटा, नेपाल एयरवेजका दुईवटा र नेपाल वायुसेवा निगम तथा नेकोन एयरका एक-एक गरी ११ वटा साना ठूला ग्राउन्डेड जहाज विमानस्थल परिसरमा अलपत्र अवस्थामा रहेका छन् ।
कम्पनी बन्द भएपछि अन्तर्राष्ट्रिय तथा आन्तरिकजहाज कम्पनीका ग्राउन्डेड जहाज विगत एक दशकदेखि बेवारिसे अवस्थामा छन् । जहाज ग्राउन्डेड रहेकामध्ये यति एयरलाइन्समात्रै सञ्चालनमा रहेको छ ।
जहाजबाहेक विभिन्न कम्पनीले छोडेर गएका मिनीबस, हाइड्रोेलिक ज्याक, भर्याङ, ब्यागेज, ट्रलीलगायतका पुराना सामान तथा उपकरणसमेत अव्यवस्थितरुपमा छरिएर रहेका छन् ।
कस्मिक र नेपाल एयरवेज दुवै कम्पनी बन्द भइसकेका छन् । कबाडी अवस्थामा पुगिसकेका जहाज विमानस्थल रनवेको पूर्वपट्ट दमकल रहेको नजिकै राखिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि थोत्राजहाजले विमानस्थलको सुन्दरतामा असर पारेको भन्दै जहाज हटाउन निर्देशन दिएकाले हामीले थोत्रा जहाज हटाउनका लागि पहल गरेका हौा, महाप्रबन्धक सुमनले भन्नुभयो ।
व्यवस्थापनका अनुसार कुनै पनि कम्पनीले जहाजको पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क तिरेका छैनन् । सबै कम्पनीको गरी रु एक करोड ५० लाख बक्यौता नाघिसकेको र यो रकम दिनदिनै बढिरहेको व्यवस्थापनले जनाएको छ । जहाजको तौल र आकारको आधारमा पार्किङ शुल्क लिने गरिन्छ । (र
No comments:
Post a Comment