Saturday, August 25, 2012

कालिकोटमा भाइरल ज्वरोले चार बालिकाको मृत्यु

कालिकोट, भाद्र ९ - जिल्लाको विकट खिन गाविसमा फैलिएको भाइरल ज्वरोले चार बालिकाको मृत्यु भएको छ ।
सदरमुकाम मान्मबाट २३ कोस पश्चिम उत्तर जुम्ला र मुगुको सिमानामा पर्ने खीन ७ र ८ छलाहा गाउँमा साउन दोस्रो सातादेखि फैलिएको भाइरल ज्वरोले चार बालिकाको मृत्यु भएको हो । ज्वरोबाट ६५ जना सिकिस्त बिरामी परेको स्थानीय कालिका निमाविका प्रधानाध्यापक मानबहादुर बुढाले बताए ।
उनका अनुसार मृत्यु हुनेमा वडा नं. ७ कि १४ वर्षीया साविता बुढा, वडा नं. ८ कि ५ महिनाकी ममता विश्वकर्मा, वडा नं. ७ का कपुरे विश्वकर्माकी २ वर्षीया छोरी शान्ति र सोही वडाकै चन्दन विश्वकर्माकी १ वर्षीया छोरी सरिताको मृत्यु भएको हो । साविता स्थानीय कालिका निमावि छलाहामा कक्षा ६ मा अध्ययनरत थिइन् ।
स्थानीय नेटा उप स्वास्थ्य चौकीमा औषधी अभाव भएकाले चार जनाले ज्यान गुमाउनु परेको प्रधानाध्यापक बुढाले बताए । ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने शरीरमा दानाहरु देखा पर्ने र सुनिनेजस्ता लक्षणहरू छन् ।
गाउँमा भाइरल ज्वरोका बिरामी भए पनि महामारी नफैलिएको जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहलेबताए ।

No comments:

Post a Comment