Thursday, August 23, 2012

खोप भण्डारण वा इन्फेक्सन सेफ्टीले बालबालिकाको मृत्यु

दीपक दाहाल, काठमाडौं, भदौ ७ -डोटीमा दादुरा र डिपिटी खोप लगाएको २४ घण्टाभित्र भएको चार बालबालिकाको मृत्यु खोप भण्डारण वा 'इन्फेक्सन सेफ्टी'मध्ये एक कारणले भएको हुनसक्ने विज्ञ टोलीको प्रारम्भिक निष्कर्ष छ। 'खोप लगाएपछि हुनसक्ने अवाञ्छित घटना अनुगमन तथा अनुसन्धान' समितिको आकस्मिक बैठकले निकालेको प्रारम्भिक निष्कर्षका आधारमा थप अध्ययनका लागि विशेषज्ञ टोली खटाउने निर्णय गरेको छ।
टोली बिहीबार डोटी जाँदैछ। दादुरा खोप बच्चा जन्मिएको ९ महिनादेखि एक वर्षभित्र एकपटक र डिपिटी ६, १० र १४ हप्तामा दिइन्छ। नेपालमा एक वर्षभित्र खोप लगाउनुपर्ने बालबालिकाको संख्या करिब ७ लाख छ।
बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बालरोग र खोपसम्बन्धी विशेषज्ञसहितको टोली घटनास्थलमा खटाइएको र टोलीले आइतबारसम्म रिपार्ट बुझाउने जानकारी दिए। मृत्युको घटना रेकर्ड भए पनि कारण स्पष्ट नभएको उनले बताए।
गत आइतबार बिहान ९ देखि ११ बजेको बीचमा नियमित खोपकार्यक्रमअर्न्तगत दादुरा खोप लिएका तीन र डिपिटी खोप लिएका एक गरी चार चालबालबालिकाको सोमबार बिहान मृत्यु भएको थियो। मृत्यु हुनेमा पोखरी-९ की पशुपति विककी छोरी अञ्जु, काडमाडौं-७ की इन्दरी चिरालकी छोरी गौरी, सोही ठाउँकी सुन्तली नेपालीकी छोरी सुजाता र काडमाडांै-६ धानुडाँडाकी हीरादेवी दमाईको छोरा मिलनको मृत्यु भएको थियो। तीमध्ये तीनले दादुरा र एकले डिपिटी खोप लिएको जिल्ला जनस्वास्थ्य कार्यलयलेजनाएको छ।
बैठक स्रोतका अनुसार विभिन्न तहबाट प्राप्त सूचनाका आधारमा केन्द्रबाट गाउँसम्म खोप पुर्यायउँदा विभिन्न तहमा 'कोल्ड चेन'लाई पछ्याउनुपर्ने भएकोले कुनै पनि ठाउँमा त्रुटी भएर खोप बिग्रिएको हुनसक्ने विज्ञहरूले बताएका छन्। 'कोल्ड चेनमा गम्भीर लापरबाही हुँदा खोपले काम नगर्ने मात्र होइन्, त्यसको असरसमेत भयावह हुनसक्छ,' विज्ञले भने।
अर्का विज्ञले खोपको बोतलमा प्वाल पार्ने क्रममा सुइको टुप्पोबाट कुनै किसिमको संक्रमण भएको हुनसक्ने बताए। 'हावा र स्वास्थ्यकर्मीका हातमा कीटाणु हुनसक्छन्। एउटै भाइलमा संक्रमण भएर चारैजनालाई सोही भाइल प्रयोग गरिएको भए यस्तो परिणाम आउन सक्छ,' ती विज्ञले थपे, 'रगतमा पुगेर तत्कालै गम्भीर रूप लिएको हुन सक्छ।'
आपूर्ति व्यवस्था महाशाखाले खरिद गरेको खोप केन्द्रीय स्टोरमा भण्डारण गरिन्छ। त्यसपछि त्यसलाई क्षेत्रीय मेडिकल स्टोरबाट जिल्ला, खोप वितरण केन्द्र हुँदै गाउँसम्म पुर्या इन्छ। 'कोल्ड रुम वा खोप बोक्ने विशेष बट्टा चिसो राख्न लागि प्रत्येक स्टेपमा उत्तिकै सचेत हुनुपर्छ,' आपूर्ति व्यवस्था महाशाखा स्रोतले भन्यो, ' 'कोल्डचेन' मेन्टन नगर्दा खोप काम नलाग्ने हुनसक्छ ।'
मृत्युको खबरपछि मंगलबार र बुधबारे समिति सदस्यको बैठक बसेको थियो। बैठकले स्थलगत अनुसन्धानका लागि बालरोग बिशेषज्ञहरू पाटन अस्पतालकी सिर्जना श्रेष्ठ र कान्ति अस्पतालका अजित रायमाझी सम्मिलित टोली खटाएको छ। टोलीमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि जिएड जेरी र बाल स्वास्थ्य महाशाखाका प्रेम श्रेष्ठसमेत संलग्न छन्।
'अधिकांश ठाउँमा माइनस तापक्रममा खोप राख्नुपर्छ, केन्द्रमा खोप किनेर गाउँघरमा रहेका खोप क्लिनिकसम्म पुर्या उँदा लापरवाही भएको हुनसक्छ,' स्रोतले भन्यो। बाल स्वास्थ्य महाशाखा खोप शाखा प्रमुख गिरिराज सुवेदीले लामो समयदेखि प्रयोग हुँदै आएको भए पनि खोपका कारण हालसम्म यस्तो घटना नभएको बताए।
विभागले सन् २००८ मा पहिलो र छुटेकालाई स्रोत चरणमा समेत गरी १५ वर्षमुनिका ९० लाख बालबालिकामा यस्तो खोप लगाएको जनाएको छ। सन् २०११ मा १५ वर्ष मुनिका १८ लाख बालबालिकालाई दादुरा रूबेला खोप लगाइएको थियो।

No comments:

Post a Comment