Monday, August 27, 2012

कोरियामा ६ हजारभन्दा बढी कामदार जान नपाउने

११ भदौं, काठमाण्डौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा यस बर्ष करिब ६ हजारभन्दा बढी कामदार रोजागारीमा जान नपाउने भएका छन् । नेपालको कोटामा ६ हजार मात्रै कामदार पर्ने जनाउ कोरियाले दिएका कारण यस्तो भएको हो ।
सन् २०१२ भित्र कोरियाले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत १५ मुलुकबाट ५७ हजार कामदार लिने जनाउँदै आएको छ ।
सन् २०१२ का लागि कोरियाले एक बर्ष अघि लिएको भाष परीक्षामा १५ हजार भन्दा बढी उर्त्तीण भएका थिए । केही समयअघि कोरियाले यो बर्ष ७ हजारलाई रोजगारीमा लैजाने जनाएको थियो ।
ईपीएस कोरिया शाखा प्रमुख महेश आचार्यका अनुसार २०१२ को जनवरीपछि हालसम्म ५ हजार २ सय ८० जनाको श्रम करार आएको खबर राजधानी दैनिकले छापेको छ । अबकरिव चार महिनामात्र बाँकी रहेकाले रोस्टरमा रहेका १५ हजार ६ सय मध्ये यो बर्ष करिब ६ हजार मात्र कामदार कोरिया जान सक्ने भएका हुन् ।
२०१२ को जवनवरीदेखि हालसम्म ४ हजार ९ सय ५० जना कोरिया गएएको पनि इपीएस कोरिया शाखाले जनाएको छ ।

No comments:

Post a Comment