Friday, August 31, 2012

लेबनानको त्रिपोलीमा रेनुकाद्वारा आत्महत्या

रोजगारको शिलशिलामा लेवनानको त्रिपोली शहरमा हाउसमेडको रुपमा कार्यरत रहँदै आएकी श्रीमती रेणुका जर्घा मगरले यहि अगष्ट ३ शुक्रबारका दिन आत्महत्या गरेकी छन् ।
खार्पाचोक ९ काभ्रे स्थायी घर भएकी मगरले आत्महत्या गरेको प्रहरी अनुसन्धान तथा डाक्टरकोपोष्टमार्टम रिपोर्टले देखाएको छ । मगर त्रिपोली फिजीसियन स्टे«ट, मनी सेन्टर बक्री भवनको सातौँ तल्लामा राना गरमरवीको घरमा हाउसमेडको रुपमा कार्यरत थिइन । मृतक मगरको मालिक गरमरवीको मोबाइल नम्बर ९६१–३३२–४५५७ र ९६१–६१२–४०१० रहेको जनाइएको छ ।
रेणुका मगरको पासपोर्ट नं ३२७७४६५ रहेको र पासपोर्टमा उल्लेख भए अनुसार उनी सन् २००८ को १३ जनवरीमा लेबनान पुगेकी थिएन भने गएदेखि नेपाल फर्केकी थिइनन् । प्रहरीको रिपोर्टमा मगरलाई उनको मालिकले कुनै शारिरीक तथा मानसिक यातना दिने नगरेको उल्लेख छ । यद्यपी मगरको नेपालस्थित उनको परिवारसँग विवाद भइरहने र सोही कारण उनी नेपाल समेत नफर्किएको रिपोटमा बताइएको छ ।
नेपाली कन्सुलेटले सो घटनाको बारेमा बुझन २२ अगष्टका दिन मगर कार्यरत घरमालिकसँग सम्पर्क गरी यथार्थ बुझ्ने र आत्महत्या गरेको समयावधिसम्म उनले तलब लिए नलिएको बारेमा सोधपुछ गरेको बताउँछन्, दिपेन्द्र उपे्रती । गरमवीसँगको कुराकानीमा मगरले सबै तलब पाएको दाबी गरे पनि यसबारेमा सत्यता दिने खालको कुनै प्रमाण प्राप्त गर्न नसकिएपछि मगरको डकुमेन्ट अध्ययन गर्दा सन् २०११ सम्म उनको मासिक तलब १२० रहेको र त्यसपछि बढाएर १५० डलर पु¥याइएको पाइएको थियो । सो डकुमेन्टको आधारमा मगरले अझै ३९३० डलर लिनु पर्ने देखियो । मगरले पाउन बाँकी रकम गरमवीसँग उठाउन सफल भएको दिपेन्द्र बताउँछन् । उप्रेतीले मगरले लिनु पर्ने रकम मृतक मगरका पिता नेत्रबहादुर जर्घा मगरको नाममा वेस्टर्न युनियनबाट पठाइएको जानकारी दिँदै उनको शव पनि यथासम्भव शिघ्र पठाइने बताए ।
मृतक मगरका भाइ नविन राना मगरले आफूसँग कुरा गर्दै पारिवारिक विवादका कारण दिदीले आत्महत्यागरेको भन्ने कुरा झुठो भएको दिपेन्द्र उप्रेतीले ऐक्यबद्धतालाई बताए । घरमालिकले दिदीप्रति राम्रो व्यवहार नगरेको र दुई वर्ष देखि तलब समेत नपाएको भन्द्र भाइलाई उद्दत गर्दै बताएका छन् ।
लेवनानमा रहेका नेपाली कामदारहरु मध्ये धेरै नेपाली रहेका छन् । उनीहरुमाथि घरमालिकले गर्ने अमानवीय व्यवहारका कारण काम गर्दै आएको घर छोड्ने अथवा आत्महत्या गर्न बाध्य पार्ने गरेको बताउँछन् उप्रेती । यद्दपी लेवनानी कानुनले भने प्रवासी घरेलु कामदारको बारेमा सुरक्षा गर्ने गरेको दाबी गरेको छ । । अवैधानिक रुपमा विभिन्न बाटो हुँदै लेवनान लगिने हुँदा नेपालीसँग कुनै डकुमेन्ट नहुने र समस्या परेको बेलामा पनि सहयोग गर्न नसकिएको उल्टो डकुमेन्ट नहुँदा घरमालिकले चोरीको झुटो आरोप लगाउने गरेको घटनाहरु भएका कारण यस्तो घटनाबाट सर्तक रहन सम्बन्धित क्षेत्र सबै सर्तक रहनु पर्ने बताउँछन्, उप्रेती ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete