Friday, August 31, 2012

कस्ता छन् यो सालका तीज गीत भिडियो ?

सायद मलमास नपरेको भए यो बर्षको तीज पर्व नेपालीको घरआगनबाट बिदा भएर
गैसकेको हुन्थ्यो । तर भदौ महिनामा मलमास परेका कारणले तीज पर्व असोजमा
धकेलीयो । यसैले पनि नेपालीको घरआगनमा विस्तारै तीजको रमझमले छोप्न
थालेको छ ।
तीज नजिकीदै गएपछि यसैलाई लक्षित गरि थुप्रै तीजका गीतका एल्बम बजारमा
आईरहेका छन् । एल्बममा समावेश गीतहरुको म्युजिक भिडियो बनाउने क्रम पनि
उत्तिकै वढेको छ । भिडियो नबनाई गीत चल्दैन भन्ने सोचाईले पनि एक महिना
टेलिभिजन र ईन्टरनेटमा घन्काउनका लागि भिडियो वग्रेल्ती बनेको पाईन्छ ।
तीजका गीतमा तयार भएका भिडियोहरु सबैले बजारमा उत्तिकै प्रभाव पारेका छन्
भन्ने पनि होईन । तर, केही गीतहरु पनि खुवै चर्चामा रहेका छन् । यो
बर्षसर्वाधिक अर्थात ३८ वटा भिडियोको निर्देशन चर्चित निर्देशक शंकर
बीसीले गरेका छन् ।
शंकरले गरेको भिडियोमा सवैभन्दा महङ्गो भिडियो निशा सुनुवारको हो । दीपा
श्री निरौला, सुष्मा कार्की, निर्मल शर्माले अभिनय गरेको यो भिडियो १ लाख
२० हजारमा तयार भएको हो । निर्देशक वि.सि आफुले बनाएको भिडियोमा भेराईटी
भएको बताउछन् । उनले भने प्राय यसपटक तीजका गीतमा केटा माग्ने र
श्रीमान्को लामो आयुको कामना गर्ने खालका गीत धेरै छन् । शंकरले गीत
अनुसारको भिडियो तयार पारेको बताए । ५० हजारदेखि १ लाख २० हजारसम्मका
भिडियो आफुले तयार पारेको उनको भनाई छ ।
यस्तै अर्का चर्चित लोकदोहोरी निर्देशक प्रकाश भट्टले ३० वटा तीजका गीतको
भिडियो निर्देशन गरेका छन् । यस्तै कपिल लामाले २० वटा, शिव बीकेले १०
वटा भिडियो निर्देशन गरेका छन् । यो बर्ष मात्र१०५ भन्दा वढि तीजका
भिडियोहरु निर्माण भईसकेका छन् । भिडियोका लागि गायक तथा गायिकाले १
लाखदेखि ३५ हजारसम्म खर्च गरेका छन् । कलाकारले चर्को रकम खर्च गरेपनि
उनीहरुको हातमा लगानी फिर्ता आउने गुन्जायस निकै कम हुन्छ ।
केही गायक/गायिकाले आफन्त र साथीभाईलाई भिसिडि विक्री गरेर रकम उठाएको
पाईन्छ । तर धेरैले पर्दामा देखिने चाहनाका लागि मात्र भिडियो तयार
पारिरहेका छन् । वग्रेल्ती मात्रामा तीजको गीत निकाल्नेहरुका कारणले
भिडियो बनाउनेहरुले राम्रै रकम हात पारेका छन् । तर, सयौ भिडियो बजारमा
आएपनि औलामा गन्न सकिने भिडियोले मात्र चर्चा पाउाछन् ।..source
onlinekhabar.com

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete