२७ साउन, काठमाडौं । प्रहरीसँगको भिडन्तमा महोत्तरीको एकडारामा जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चा त्यागी समूहका जिल्ला कमाण्डर मारिएका छन् ।
गस्तीमा रहेको प्रहरीसँग भएको भिडन्तमा बारुद त्यागी भनिने जयनारायण पासबानको मृत्यु भएको हो । प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि जबाफी कारबाहीमा उनी मारिएको महोत्तरीका प्रहरीउपरीक्षक सुरज केशीले जानकारी दिनुभयो । पासबानले चलाएको गोली लागि प्रहरी जबान सुरेन्द्र चौधरी घाइते भएका छन् ।
उनी धनुषा, महोत्तरी र सर्लाहीका कमाण्डर भएको बताइएको छ । प्रहरीले पासबानको साथबाट कटुवा पेस्तोल र त्यस्मा लाग्ने गोली पनि बरामद गरेको छ
No comments:
Post a Comment