२७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरु सहमतिमा नआए सडकमै भिडेर
हिसाबकिताब गर्ने चेतावनी दिनु भएको छ ।
जातीय पहिचान सहितको संघीयता पक्षधरबीच मोर्चावन्दी आवश्यक भएको भन्दै
प्रचण्डले कांग्रेस-एमालेलाई पनि मोर्चा बनाएर जान चुनौती दिनुभयो ।
माओवादीले संघीयता पक्षधरबीच मोर्चावन्दीको नाममा राजनीतिक ध्रुविकरण
गर्न खोजेको भन्दै कांग्रेस-एमालेले आलोचना गरेपछि प्रचण्डले यस्तो
चुनौति दिनु भएको हो । सरकारविरुद्ध प्रतिपक्षीहरुले सडक तताएपछि
प्रचण्डले सडकमै छिनोफानो गर्ने नयाँ प्रस्ताव अघि सार्नुभएको हो ।
नेकपा-माओवादीले शनिबार ललितपुरमा गरेको अन्तक्रिर्यामा प्रचण्डले
भन्नुभयो-हामी मोर्चा बनाउँदैछौं, तपाईहरु पनि बनाउनुस् सडकमै गएर
हिसाबकिताब गर्नुपर्ने हुनसक्छ, सहमति भएन भने के गर्ने अरु ?' उहाँले
वर्तमान सरकार कामचलाउ भइसकेको भन्दै कांग्रेस-एमालेले सरकारविरुद्ध
आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताउनु भयो ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको चुनावी सरकार कुनै हालतमा
स्वीकार नगर्ने बताउनुभयो । पाँच बुँदे सहमतिको मर्म पहिचानसहितको
संघीयता भएको र त्यसमा सहमति भए मात्रै कांग्रेसको नेतृत्व स्वीकार गर्ने
भन्दैउहाँले भन्नुभयो-'अब नयाँ निर्वाचनमा जाने हो भनेसरकारको नेतृत्वमा
जो कसैले पनि दावी गर्न सक्छ । र हाम्रो के प्रष्ट मत बनेको छ भने कमसेकम
नेपाली कांग्रेसलाई चाहीं हामी नेतृत्व दिँदैनौं ।'
सबै दल चुनावमा जान तयार देखिएकाले पाँच बुँदे सहमतिको औचित्य सकिएको
उहाँको भनाई छ । उहाँले नागरिक आन्दोलनका अगुवा वा पूर्व न्यायाधीशको
नेतृत्वमा स्वतन्त्र र निष्पक्ष चुनावी सरकार बनाउन भने माओवादी तयार
रहेको बताउनुभयो । उहाँले निकासका लागि दलहरुबीच सहमति आवश्यक भएकोमा भने
जोड दिनुभयो ।
ध्रुवीकरण घातकः कांग्रेस-एमाले
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले अरुलाईर् संघीयता
विरोधी देखाउन मोर्चाबन्दी सुरु गरेको भन्दै यो राजनीतिक बेईमानी हुने
बताउनुभयो । उहाँले निकासका लागि संवैधानिक बाटो खोज्नुपर्ने बताउनुभयो ।
एमाले अध्यक्ष झलनाथ खनालले मोर्चाबन्दी गरेर माओवादीले सहमतिको साटो
राजनीतिक ध्रुविकरण गर्न खोजेको आरोप लगाउनु भयो । आ-आफ्नो अडान दोहोराएर
समस्या समाधान नहुने भन्दै सहमतिको धरातल र विधि खोज्नुपर्ने बताउनुभयो ।
उहाँले पहिले सबैलाई मान्य हुने गरी तटस्थ सहमतीय सरकार बनाउनु पर्नेमा
जोड दिनुभयो ।

No comments:
Post a Comment