Monday, August 27, 2012

नेपालमा बेरोजगार भेटिएनन्

११ भदौं, काठमाण्डौं । जागिर खोज्दै दिनदिनै सयौं अरब जान्छन् । श्रम मन्त्रालयअन्तर्गतको रोजगारसूचना केन्द्रले भने बेरोजगार जनशक्तिको ठूलो संख्या भेट्टाउनै सकेको छैन् ।
केन्द्रले चार बर्षमा गण्डकीका ६ जिल्लामा ३ हजार ५ सय बेरोजगार भेटेको छ । ‘बेरोजगार जनशक्तिलाई सम्पर्कमा आउनु भन्दै महिनौंसम्म सार्वजनिक सूचना जारी गर्दा पनि आएनन्,’ श्रम कार्यालय पोखराका प्रमखु रवी भट्टले भने, ‘बेरोजगारी समस्या चर्को छ, तर बेरोजगार हुँ भन्न सवै हच्किन्छन् ।’
युवायुवतीलाई बेरोजगार छु भन्न परिचय दिन अप्ठेरो पर्ने गरेकाले पनि खुलस्त हुन नचाहेको हुनसक्ने उनको अनुमान छ । भट्टका अनुसार आव ०६५/६६ मा १ सय ५, ०६६/०६७ मा ७ सय ३०, ०६७/६८ मा ९ सय ३८ र ०६८/६९ मा १ हजार ६ सय ६५ जनाले मात्र रोजगार सूचना केन्द्रको रोजागार फारम भरेका छन् ।
केन्द्रले युवायुवती भेला हुने ठाउँमा ‘क्याम्प’ खडा गरेर फारम भराएको उनले जानकारी दिएको खबर नागरिक दैनिकमा खबर छ । अहिलेसम्म फारम भर्नेमा करिब ९० प्रतिशत कास्कीभित्रकै रहेका छन् ।

No comments:

Post a Comment