प्रायः बिबादमा आइरहने नायिका रेखा थापा यसपटक पत्रकारसँग कुटाकुट गरेर चर्चामा आएकी छिन् । गाइजात्राका अबसरमा सौर्य दैनिकमा छापिएको एक ब्यङग्यबाट आक्रोशित रेखाले पत्रिकाको कार्यलयमै पुगेर पत्रकार चिरञ्जीवी पौडेलमाथि हातपात गरेकी छिन् ।
‘रेखाको मिनीस्कर्ट रहस्य’ शिर्षकमा लेखिएको सो ब्यङग्यले आफ्नो चरित्रहत्या गरेको दावी गर्दै रेखाले सोमबार दिउँसो पौडेलमाथि हातपातगरेकी हुन् ।
सौर्य दैनिकको कार्यालय बागबजार पुगेर समाचारकावारेमा आपत्ति जनाएपछि लेखक चिरञ्जिवी पौडेल र नायिका थापाविच सम्पादकको रोहवरमा कुराकानी भईरहेको थियो । कुराकानीको क्रममा रेखा एक्कासी आक्रोशमा आईन् र पौडेलको गालामा एक थप्पड हानिन् । यसपछि पौडेलले पनि थापाको गालामा एक चड्कन हानेका थिए । त्यसपछि रेखाले पौडेलको घाटि समातिन् र चिथोरिन् । दुई जनाको कुटाकुट पर्न थालेपछि रेखासँगै गएका चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल र सौर्य दैनिकका सम्पादक बोधराज त्रिपाठीले छुट्टाएका थिए ।
दावी आ-आफ्नै
घम्साघम्सिपछि रेखाले आफुले पहिले हात हालेको भन्दै आफुसँग माफि मागेको पौडेलको दावी छ । ‘यो कुरालाई वाहीर आउन नदिउँ, दुवैको वेईजत हुन्छ भन्दै आफुसँग माफी मागेको पौडेलको दावी छ । ‘उहाँ योजना बनाएरै मलाई कुट्न आउनु भएको हो । चलचित्र क्षेत्रवाट असफल हुँदै गएपछि मिडियामा आईरहन रेखाले यस्तो हर्कत गरेकी हुन् ।’ पौडेलले भने । रेखासँगै पुगेका निर्देशक सुरेश दर्पण पोखरेललेआफु चलचित्रकर्मी भएकाले रेखालाई आपत पर्दा सहयोग गर्नका गएको बताए ।
रेखाले भने आफुले पौडेललाई एक झापड हानेपनि पौडेलले आफुलाई नहानेको दावी गरिन् । ‘मैले एक झापड हानेकी हुँ, तर उसले छोएको पनि हैन् ।’-रेखाको दावी छ । गाइजात्राको दिनमा ब्यङग्य गर्दा प्रधानमन्त्री त हाँसेर आनन्द लिएर जान्छन तपाईचाहिं पत्रकारलाई झापडै हान्ने ? भन्ने प्रश्नमा रेखाले भनिन- ‘त्यसले मेरो चरित्रहत्या गर्न खोजेको थियो, त्यसैले हान्दिएँ ।’ त्यसो भए प्रज्ञा प्रतिष्ठानमा गाइजात्रा कार्यक्रममा ब्यङग्य गर्ने कलाकारलाई पनि झापड हान्नुहुन्छ त भन्ने प्रश्नमा रेखाले भनिन- त्यो क्यारिकेचर हो, त्यसमा मेरो केही आपत्ति छैन, तर पत्रकारले कल्पनाका आधारमा मेरो चरित्रहत्या गर्न खोज्यो
No comments:
Post a Comment