Tuesday, August 7, 2012

हिँड्दै गरेकी महिलाबाट डेढ लाख लुटियो

काठमाडौँ, साउन २३ (नागरिक)- मूलपानीको उकालोमा आज बिहान डेढ लाख रुपियाँ झोलामा राखेर हिँडिरहेकी महिलाबाट रकम लुट्ने एक व्यक्तिलाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा पक्रेको छ। पक्रिएका व्यक्ति नारायणटार बस्ने सिन्धुली जिल्ला घर भएका ३३ बर्षीय चन्द्रमान तामाङ रहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार आज बिहान ९ बजे गोकर्ण बस्ने ३५ बर्षीया सुनमाया वाइवाले झोलामा १ लाख ५० हजार रुपैयाँ राखी हिँडिरहेको अवस्थामा पछाडीबाट उनी समेतका कान्छा तामाङ नाम गरेका व्यक्तिले झोला लुटेका थिए।
स्थानीय बासिन्दाको सहयोगमा तामाङलाई लुटिएको रकम सहित पक्राउ गरे पनि कान्छा तामाङ फरार छन्।

No comments:

Post a Comment