Friday, July 20, 2012

यार्सा व्यापारीको १५ लाख लुटियो

५ साउन, बाग्लुङ । बहुमुल्य जडिबुटि यार्सागुम्बा व्यापार गर्ने व्यापारी लुटिएका छन् । बाग्लुङ तामाङ १ का यार्सागुम्वा व्यापारी किसन घर्तीमगर र म्याग्दी नारचिङ २ का शिव पुनको साथमा रहेको नगद १५ लाख रुपैया लुटिएको हो । रुकुममा रहेका उनीहरुको साथबाट सो रकम लुटिएको प्रहरीले जनाएको छ ।
पिडितहरुले दिएको उजुरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको बारेमा अनुसन्धान जारी रहेको छ ।
व्यापारीद्ववय तामाङ र पुन यार्सागुम्वा खरिदकोलागि रुकुमबाट डोल्पा जाँदै थिए । यार्सागुम्वाको मूल्य प्रतिकिलो २४ लाख देखि २५ लाखसम्म पर्दछ ।

No comments:

Post a Comment