९ साउन, पाँचथर । अन्तरजातीय विवाह गरेको भन्दै लुम्फाबुङ-१ पाँचथरका जितबहादुर राईले जेठा छोरा भवेन्द्रको जिउँदै किरिया गरेका छन् ।
भवेन्द्रले सोही गाउँकी बदि्रका शंकरसँग जेठ २१ गते प्रेम विवाह गरेका थिए । विवाह गरेपछि परिवारका सवै परिवार आक्रोसित भएको उनले बताएका छन् । विवाहकै कारणले उनको परिवारले भवेन्द्रको मृत्युपछिको संस्कार ‘निसुई’ गरिदिएको खबर नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
नव विवाहित दम्पती घरबाट विस्थापित भएर सदरमुकाम फिदिम बजारमा बसोबास गर्दै आएका छन् । सोचविचारका साथ नै अन्तरजातिय विवाह गरेको भएपनि परिवारले नबुझेको भवेन्द्रको भनाई छ ।
माओवादी कार्यकर्ता रहेका उनले काठको काम गर्दै आएका छन् । समाजमा रहेको पुरातनबादी सोचको अन्त्य गर्न युवा पुस्ता लाग्नुपर्छभन्ने सोचका साथ परिर्वतन आफैबाट सुरु गरेको राईले बताएका छन् ।
परिवारको सौहार्दता विर्गान विहे नगरेको बताउने राईले आफुलाई गरेको दुरव्यवहारको कतै उजुरी नगर्ने तर विस्तारै परिवारका सदस्यहरुको विचार बदल्ने बताएका छन् । आफु जिउँदै हुँदा परिवारले अन्तिम सस्कार गर्छ भन्ने लगेको र त्यस्तो सुन्दा भने दुख लागेको बताएका छन् ।
No comments:
Post a Comment