Thursday, June 21, 2012

शायद प्रचण्ड मर्न डराउनुभयो : नेकपा-माओवादीकी नेतृ पम्फा

काठमाडौं, असार ७ (नागरिक)- एकीकृत माओवादीबाट भर्खरै फुटेर बनेको नेकपा-माओवादीकी नेतृ पम्फा भुषालले जतिसुकै ठूला क्रान्तिका कुरा गरे पनि प्रचण्ड आजसम्म एक दिन पनि जेल नबसेको बताएकी छिन्। 'प्रचण्ड यस्तो व्यक्ति हो, जो आजसम्म एक दिन पनि जेल बस्नुभएको छैन'- उनले भनेकी छिन्।
बाबुरामचाहिँ हिरासत धेरैपल्ट परे पनि जेलमा जम्मा एक रात बस्नुभएको छ भन्दै उनले थपेकी छिन्- बाबुरामजीको त विचार र राजनीति नै त्यो बेला पनि यस्तै यस्तै हो।
प्रचण्डचाहिँ चुनवाङयता पनि जनवादतिरै हिँड्ने भनेर आउनुभएको थियो। आउँदै जाँदा त उहाँको सम्बन्ध, उठबस, त्यसले पैदा गरेको चिन्तन आदिले विचारै बदल्यो। सायद उहाँ मर्न डराउनु भो। क्रान्तितिर लाग्यो भने मरिन्छ कि भन्ने डर भो- पम्फाले भनेकी छिन्।
विस्तृत अन्तर्वार्ता शुक्रबारको नागरिक दैनिकमा

No comments:

Post a Comment