रामेश्वर कार्की, धादिङ, जेठ २० - गएराति १० बजे महादेवस्थान गाविस ५ रावलडाँडामा चट्याड्ड पर्दा दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई दिदीको घरमा आएका १६ वर्षीय सोम लामा र स्थानीय २८ वर्षीय सन्तोष लामिछाने मगर रहेका छन्।
टीकामाया लामिछाने मगर र स्थानीय धनबहादुर तामाङ घाइते छन्। विद्युतको ट्रान्समिटरमा चट्याङ पर्दा तीन घरमा क्षति पुगेको छ। घाइतेलाई उपचारका लागि लगिएको छ।
यसैगरी धादिङको धुसा १ चरौदीमा मुग्लिङबाट काठमाडौं आउँदै गरेको ना ३ ख ४०२८ नम्बरको ट्रकले सडकमा हिडिरहेकी बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको छ। चितवन लोथर घर भएकी १२ वर्षीय पूर्णिमाया चेपाङको मृत्युपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।
No comments:
Post a Comment