Thursday, June 21, 2012

बेपत्ता युवकको चार दिनपछि शव फेला

७ असार रुकुम,। रोजगारीको सिलसिलामा भारतबाट घर फर्कनेक्रममा बेपत्ता भएका पेउघा–४ चौताराका २१ वर्षीय राजेश्वर बस्नेतको शव चार दिनपछि फेला परेको छ । सल्यानको ढाकाडाम गाविस–१ को भीरबाट लडेको अवस्थामा बस्नेतको शव फेला परेको हो । भारतको गौरीकुण्ड गएका बस्नेत गत असार ३ गते घर फर्कने क्रममा भीरबाट खसेको अवस्थामा इलाका प्रहरी कार्यालय थारमारे सल्यान, प्रहरी चौकी नुवाकोट र स्थानीयको संयुक्त टोलीले उनको शव फेला पारेको हो ।
घर फर्कने क्रममा रुकुमकै झुल्नेटा बजारबाट आफन्तलाई केही समयपछि घर पुग्ने खबर गरेका बस्नेत चार दिनसम्म पनि घर नपुगेपछि उनको खोजी कार्य थालिएको थियो । मादकपदार्थ सेवन गरेका बस्नेत भीरबाट करिब एक हजार २०० मिटर खल खसेका थिए ।

No comments:

Post a Comment