- कांग्रेस-एमालेसहितका प्रतिपक्षी दलहरुले सरकारविरुद्धका आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।
राजधानीमा शनिबार बसेको २७ दलको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै आन्दोलन कार्यक्रम घोषणा गरेका हुन् । असार ५ देखि २५ गतेसम्मका कार्यक्रममा कोणसभा, राँके जुलुस, घेराउ लगायत छन् ।
विपक्षी दलले प्रधानमन्त्री भट्टराई ब्राजिल सम्मेलनमा जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझण्डा देखाउनेछन् ।
२७ दलको बैठकले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले महासचिव ईश्वर पोखरेल र राप्रपा महामन्त्री दीपक बोहोरा रहेको तीन सदस्यीय आन्दोलन परिचालन समन्वय समिति गठन गरेको छ ।
प्रकाशित मिति: २०६९ अषाढ २ १२:००
No comments:
Post a Comment