Sunday, June 24, 2012

पार्टी फुटाएपछि पहिलो पटक वैद्यसहितका नेताले राष्ट्रपति भेटे

काठमाडौँ, असार १० (नागरिक)- पार्टी फुटाएपछि नेकपा-माओवादीका अध्यक्षका हैसियतले मोहन वैद्यले आज बिहान पहिलो पटक राष्ट्रपति रामवरण यादवसित भेट गरेका छन्। शितल निवासमा भएको भेटमा नयाँ माओवादीका अन्य नेताहरु रामबहादुर थापा, नेत्रविक्रम चन्द लगायतका नेताहरु पनि सहभागी थिए।
वैद्य पक्षले वर्तमान संकटको निकासका लागि गोलमेच सम्मेलन र अन्तरिम सरकार गठन गर्नुपर्ने माग राख्दै आएको छ।
प्रधानमन्त्रीको दल एकीकृत माओवादी र उपप्रधानमन्त्री विजयकुमार गच्छदारको दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) दुवै फुटेकाले राष्ट्रपतिले नयाँ सरकारको गृहकार्य थालेको समाचार आइरहेको बेला वैद्य पक्षका नेताहरुले राष्ट्रपतिलाई भेटेका हुन्।
यसअघि हिजो उपप्रधानमन्त्री गच्छदारको लोकतान्त्रिकबाट फुटेर अर्को दल घोषणामा लागेकाशरतसिंह भण्डारीले शनिबार राष्ट्रपति यादवलाई भेटी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आग्रह गरेका छन्।
वैद्य नेतृत्वको नेकपा-माओवादीको कार्यकर्ता भेलाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर 'अन्तरिम संयुक्त सरकार' बनाउनुपर्ने निर्णय कार्यकर्ता भेलाबाट गरिसकेको छ।
सम्बन्धित समाचार

No comments:

Post a Comment