विगत दस दिनदेखि जारी अखण्ड सुदूरपश्चिम आन्दोलन दलहरुको नियन्त्रणभन्दा बाहिर गएको छ। आइतबारदेखि मौन बसेका कांग्रेस एमालेलगायतका दलका कार्यकर्ताहरु नै आन्दोलनमा उत्रेका छन्। शनिबार महेन्द्रनगरमा शक्ति प्रदर्शन गरेका माओवादीबाहेकका राजनीतिक दलहरु केन्द्रमा विज्ञप्ती जारी भएपछि मौन रहेका छन्।
एनेकपा माओवादी, कांग्रेस र एमालेका प्रमुखले सुदूपश्चिम बन्द फिर्ता लिन आग्रह गर्दै विज्ञप्ती जारी गरेका थिए। तीन दलका प्रमुख नेताहरुले जारी गरेको विज्ञप्तीको सर्वत्र विरोध भएको छ। उक्त विज्ञप्तीलाई सुदूरपश्चिमकावासिन्दाहरुले धोकाको संज्ञा दिएका छन्। 'हाम्रो मागबारे कुनै सम्बोधन नगरिँदासम्म आन्दोलन रोकिन्न' अखण्ड सुदूरपश्चिमको माग गर्दै आइतवार पनि आन्दोलन थालेका सर्वसाधारणले भने, 'सरकारले माग सम्बोधन नगरेसम्म बन्द यथावत रहन्छ।'
अखण्ड सुदूरपश्चिम माग गर्दै आइतबार विहान महेन्द्रनगरमा र्याली निकालिएको छ। र्यालीमा सबै दलका कार्यकर्ताहरु देखिएका थिए। र्यालीमाव्यापारी, शिक्षक, विद्यार्थी लगायतकाको उपस्थिति थियो। तीन प्रमुख दलका नेताको विज्ञप्तीपछि बन्द फिर्ता हुने आश गरेर बसेका सर्वसाधारणको जीवन थप कष्टकर बनेको छ। वार्ताको माध्यमबाट समस्या समाधान गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले विज्ञप्ती जारी गरेका थिए। विज्ञप्तीपछि राजधानीमा रहेका सुदूपश्चिमका नेताहरुले जिल्लास्थित आ-आफ्ना नेता कार्यकर्ताहरुलाई बन्द फिर्ता लिन निर्देशन दिएका थिए। तर कञ्चनपुर र कैलालीमा कार्यकर्ताहरुले आफ्ना नेताहरुको निर्देशनको अवज्ञा गर्दै आन्दोलन झन सशक्त पारेका छन्।
यसैबीच एक सातादेखि रिले अखण्ड सुदूरपश्चिमको माग गर्दै रिले अनसन र आन्दोलनमा उत्रेको सुदूरपश्चिमाञ्चल जागरण मञ्चले तीन दलका मुख्य नेताको विज्ञप्तीको भर्त्सना गरेको छ। 'आम हडताल फिर्ता लिएको भन्दै केही राजनीतिक दलले फैलाएको भ्रममा नपर्न हामी आन्दोलनरत आम सुदूरपश्चिमेलीनागरिकहरुमा हार्दिक अपील गर्दछौं' मञ्चले आइतवार जारी गरेको विज्ञप्तीमा भनिएको छ। प्रमुख तीन राजनीतिक दल र प्रधानमन्त्रीले वार्ताद्वारा समाधान निकालेर समस्या समाधान गर्न कुनै पहल नभएकाले आन्दोलन यथावत रहने मञ्चले जनाएको छ। 'वक्तव्यवाजी आन्दोलन तुहाउने षडयन्त्र हो' मञ्चका संयोजक पुष्करराज जोशी 'लख्खाभाइ' ले भने, 'आन्दोलन भाँडे दलहरुका लागि घातक हुन्छ।' सुदूरपश्चिमका बहुसंख्यक जनता अखण्ड सुदूरपश्चिमको पक्षमा रहेका बेला सम्पूर्ण राजनीतिक दलहरुले जनमतको सम्मान गर्नुपर्ने मञ्चको भनाई छ। 'एनेकपा माओवादीले झैं काँग्रेस एमाले लगायतका दलहरुले पनि जातीय राज्यको पक्षपोषण गर्दै राष्ट्र विखण्डनको बाटोनरोज्न आग्रह गर्दछौं' विज्ञप्तीमा उल्लेख छ। सबै राजनीतिकदलहरुलाई दलीय स्वार्थ त्यागी अखण्ड सुदूरपश्चिमको पक्षमा उभिन मञ्चले अनुरोधगरेको छ।
बन्द यथावत रहेपछि सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएको छ। भारतवाट मजदुरी घर फर्कन आएका सर्वसाधारण महेन्द्रनगरमै अलपत्र परेका छन्। केहीले रिक्सामा त कतिपय पैदल नै आफ्नो गन्तव्यतीर लाग्न थालेका छन्। बजारमा जताततै बन्कर्तामा मात्रै देखिन्छन। महेन्द्रनगरमा केन्द्रित आन्दोलन अव विस्तारै गाउँतीर फैलिन थालेको छ। रानाथारुहरुले अखण्ड थरुहटको माग सहित यसैगरी आन्दोलनमा उत्रे अवस्था गम्भिर र भयावह हुने स्थिती छ। दुवै पक्षलाई सरकारले वैलैमा वार्ताका लागि आह्वान गर्नुपर्ने देखिन्छ।
No comments:
Post a Comment