वीरगंज । पानीको विषयमा भएको विवादका कारण पर्साको ठोरीमाबिहिबार बेलुक भारतीय नागरिकको आक्रमणबाट नेपाल प्रहरीका प्रहरी साहायक निरिक्षक सहित तीन जना प्रहरी घाइते भएका छन ।
आक्रमणमा परी घाइते हुनेहरुमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी साहायक निरीक्षक दिपेन्द्र जयसवाल, प्रहरी जवान कृष्ण सुबेदी र महिला प्रहरी जवान अमृता काफ्ले रहेका छन । घाइते मध्ये प्रहरी जवान सुबेदीको टाउकोमा गम्भिर चोटलागेको छ । सुबेदीको टाउकोमा १६ वटा टा“का लगाइएको प्रहरी निरीक्षक मुक्तिनारायण चौधरीले जानकारी दिनुभयो ।
नेपाली नागरीकको आक्रमणबाट भारतीय एसएसबीका इन्स्पेक्टर रणवीर सिंह पनि घाइते भएका छन । स्थानीय ठुटे खोलाबाट निकालिएको कूलोको पानीका विषयमा ठोरीका वासीन्दा र भारतीय नागरिक बिच भएको भिडन्तमा दुवै पक्षका प्रहरीहरु घाइते भएकाहुन ।
भारतीयहरुले प्रहरी माथि आक्रमण गरेपछि नेपाल प्रहरीले ८ राउण्ड हवाइ फायर समेत गरेको छ । भारतीय नागरीकले नेपाल प्रहरीमाथि आक्रमण गरेपछि भारतीय एसएसबीले पनि भारतीय नागरिक माथि लाठी चार्ज गरेको थियो ।
बढ्दै गएको खडेरीका कारण पानिको हाहाकार भएपछि कूलोकोपानीको विषयमा बिहिबार दिउ“सो देखि उत्पन्न तनाव साम्य पार्न दुवै देशका सुरक्षाकर्मीले पहल गरिरहेका बेला भारत भिखना ठोरीका वासीन्दाले अचानक सुरक्षाकर्मीहरु माथि आक्रमण गरेका हुन । नेपालीहरुले ठुटे खोलाबाट बनाएको कुलो भारतीयहरुले भत्काएर कब्जामा लिएपछि नेपाली र भारतीयहरु बिच बिहिबार दिउ“सो झडप भएको थियो। करिब दुई सय पचासको संख्यामा लाठी, भाला र रड सहितका घरेलु हतियार लिएर भारतीयहरु प्रदर्शनमा उत्रिएपछि ठोरी र निर्मलवस्तीका वासीन्दाहरुले प्रतिकार गरेका थिए ।
सुक्खा मौसमका कारण भारतीय भूमीको कुलोमा पानी नआएपछि भिखना ठोरीका बासिन्दाले निर्मलबस्ती गाविसका किसानले प्रयोग गर्दै आएको कुलो भत्काएर भारततर्पm फर्काएपछि विवाद भएको हो । ठोरीबाट आउने ठुटे खोलाबाट निकालिएको कुलोबाट नेपालीहरुले निर्मलबस्ती गाविसको रामनगर र बुद्धनगरमासिंचाई गर्दै आएका छन् । निर्मलबस्तीका लागी बा“धिएको कुलोभन्दा केही मिटर दक्षिणतर्पm भारतीयले कुलो बनाएका छन् । तर तल्लो भूभागमा पानी नआएपछि भारतीयहरुले बल मिच्याइ गर्दै माथिल्लो भाग उक्लिदै नेपाली भूमीबाट सिंचाईका लागी कुलो बनाउन थालेपछि विवाद भएको हो । ठोरी र भारतकोभिखना ठोरीका बासिन्दाबीच तनाव हुनसक्ने भन्दै शुक्रबार पनि दिनभर सीमा क्षेत्रमा दुबै तर्फका सुरक्षाकर्मी तैनाथ गरीएको छ।
Comments - Post Now
No comments:
Post a Comment