Monday, May 7, 2012

उड्दा उड्दैको जहाजमा नेपालीको मृत्यु

नेपालबाट लन्डन आउने क्रममा एक नेपालीको जहाजमै मृत्यु भएको छ । रुकुम तकसेरा स्थायी घर भई दाङ घोराहीमा बस्दै आएका ७९ वर्षीय सत्जित बुढाको कतार एयरवेजको जहाजमामृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय बुढा र उनकी धर्मपत्नी ६५ वर्षीया मनकली पारिवारिक भेटघाटका लागि गत विहीबार राती १०.३० को उडानमार्फत बेलायत आउंदै थिए । ति वृद्धा दम्पति आगामी २९ सेप्टेम्बरमा स्वदेश फर्कने टिकट थियो ।
आस्थमा र व्लड प्रेसरका विरामी बुढाको ऐयरलाइन्स्को लापरवाहीका कारण मृत्यु भएकोआरोप परिवारको छ ।
मृतकका माइला छोरा भूपू गोर्खा विक्रम बुढाका अनुसार, काठमाण्डौंबाट उड्नेक्रममा स्वर्गीय बुढालाई चिकित्सकको सिफारिसमा चारवटा सिलिण्डरसहित ‘अक्सिजन’ लगाएर प्लेनमा चढाइएको थियो । दोहा कतारमा ‘ट्रान्जिट’ पछि लन्डन आउने दोश्रो उडानका क्रममा एयरलाइन्स् कर्मचारीलाई बुढाको दयनीय स्वस्थस्थिति अवगत गराउंदै अक्सिजन आवश्यकपर्ने बताउंदा त्यहा“ कार्यरत नेपाली र भारतीय कर्मचारीले प्रमाण विना त्योव्यवस्था गर्न नसक्ने भन्दै स्वर्गीय बुढा र साथमै रहेकी उनकी धर्मपत्नीलाई स्वस्थ परिक्षणका लागि भनेर प्लेनबाट ओरालिदिए ।
करिव एक घण्टाको स्वस्थ परिक्षणपछि कतार ऐयरवेयजको अर्कै जहाजमा विना अक्सिजन राखिएका बुढाको उडेको केही समयमै मृत्यु भएको छोरा विक्रमले जनाए । बुढाको मृत्यु लगत्तै प्यारालाइसिस्की विरामी आमा मनकली अचेत भएकी थिइन् ।
अचेत भएकी आमाले अहिले केही बोल्न थालेकाले विस्तृत विवरण पाएपछि एयरलाइन्स् विरुद्ध कसरी जाने भन्ने तय गरिने छोराले बताए ।
बुढाको शव लन्डन अक्सब्रीजस्थित शवगृहमा राखिएको छ । सोमबार बेलायतमा सार्वजनिक विदा परेकाले मंगलबार मात्र विस्तृत विवरणदिने जानकारी अधिकारीहरुले दिएको छोरा बिक्रमले बताए ।
बेलायतको क्याम्र्ली नजिक डिपकटमा बस्ने विक्रमले पारिवारिक सल्लाहमा दाहसंस्कारको समय स्थान तय गरिने बताए । छोरा विक्रमले घट्नाको तीन दिन बित्दा पनि एयरलाइन्स् कर्मचारीले आफूलाई कुनै सम्पर्क नगरेको र के कारणले दोहाबाट लन्डन उडानमा अक्सिजन दिइएन भन्नेबारे केही जानकारी नदिएकोमा समेत दुःख व्यक्त गरेका छन् ।
राप्ती समाज यूकेले घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । समाजले ऐयरलाइन्सको लापरवाही भए नभएको छानविनका लागि पहल गरिदिन नेपाली दूतावास लन्डनलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: २०६९ वैशाख २४ ०८:४७

No comments:

Post a Comment