Tuesday, May 29, 2012

कोरिया कामदार पठाउने मुलुकमध्ये नेपाल उत्कृष्ट

जेठ १६- सन् २०११ मा कोरिया कामदार पठाउने १५ मुलुकमध्ये नेपाल सर्वोत्कृष्ट भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कामदार पठाउँदा सर्वोत्कृष्ट भए बापत कोरियाले इपिएस नेपाल अन्तर्गतका कर्मचारीलाई १ हजार डलर प्रदान गरेको छ।
कामदार पठाउँदा नेपालले भाषा परीक्षा, छिटो कामदार पठाउने लगायतका प्रक्रियामा अरु मुलुकभन्दा राम्रो काम गरेकोमा उत्कृष्ट भएको इपीएस नेपालका संयोजक महेश आचार्यले बताए। कोरियाले सर्वोत्कृष्ट भए बापत इपिस नेपाल अन्तर्गतका कर्मचारीलाई १ हजार अमेरिकी डलर तथा सम्मानपत्र प्रदान गरेको उनले जानकारी दिए।
कामदार पठाए नेपाल पुरस्कृत भएको यो दोस्रो पटक हो।
यसअघि सन् २००९ मा पनि नेपाल सर्वोत्कृष्ट भएको थियो।
कोरिया नेपालीहरुको आकर्षक रोजगार मुलुक रहँदै आएको छ। गत वर्ष ८ हजार नेपालीलाई लाने भनिए पनि राम्रो काम गरेको भन्दै कोरियाले सो संख्या दोब्बर पारेको थियो।
गत वर्ष भाषा परीक्षामा सहभागी भएका ३५ सय नेपाली कोरिया गइसकेका छन्। ४ हजार ५ सय श्रम सम्झौता आइसकेको छ।

No comments:

Post a Comment