Wednesday, May 2, 2012

बाबुराम सरकारविरुद्ध अविश्‍वासको प्रस्तव

नेपाली कङ्ग्रेसले बाबुराम भट्टराई नेतृत्वको सरकारविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याउन आफ्ना सभासद्हरुको हस्ताक्षर संकलन सुरु गरेको छ। 'संसदको विशेष अधिवेशन बोलाउन' भन्दै लिइएको हस्ताक्षर अविश्‍वास प्रस्तावको तयारी हो। सिंहदरबारमा रहेका नागरिकन्युज कर्मी गोविन्द परियार ले जनाएअनुसार ११ बजे नै सभासदहरुलाई हस्ताक्षर गर्न बोलाइएको थियो। कङ्ग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठलगायतका नेताहरुले हस्ताक्षर अभियान सुरु गरेकाहुन्।
अहिलेसम्म तीस जनाजति कङ्ग्रेस सभासद्हरुले यो प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्। कङ्ग्रेसले आफ्ना सभासदबाट हस्ताक्षर संकलन गरिसकेपछि संसद वैठक बोलाउने र त्यसपछि सरकारविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गर्ने प्रकृयामा जानेछन्।

No comments:

Post a Comment