Friday, May 4, 2012

सरकार सानो आकारक

काठमाडौ, वैशाख २२ - प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा निर्माण हुने सहमतीय सरकारकोआकार सानो हुने भएको छ । प्रमुख चार राजनीतिक शक्तिबीच प्रधानमन्त्रीबाहेक माओवादीबाट चार जनामात्र मन्त्री हुने अनौपचारिक सहमति बनेको उच्च स्रोतले बतायो । कांग्रेस, एमाले, मधेसी मोर्चाबाट चार/चार र साना दलबाट चार गरी प्रधानमन्त्रीसहित २१ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने सहमति बनेको स्रोतको भनाइ छ । 'त्यसो हुन नसके हाल कायम मन्त्रालयमा समेटिने गरी मन्त्रिपरिषद् गठन गरिनेछ, जसमा राज्यमन्त्री र सहायकमन्त्री राखिने छैन,' एक नेताले भने, 'सत्ताभन्दा पनि संविधान निर्माण प्राथमिकतामा भएकाले चुस्त मन्त्रिपरिषद् बनाएर जानेमा सबै पार्टीका नेताहरू सहमत देखिनुभएको छ ।'
प्रकाशित मिति: २०६९ वैशाख २२ ०८:३६

No comments:

Post a Comment