Monday, October 22, 2012

देउखुरीदेउखुरीमा गोली चल्यो, तीन घाइते

दाङ, कार्तिक ६ - दाङको देउखुरीमा युवाहरूबीच भएको सामान्य विवादमा गोली
चल्दा तीन जना घाइते भएका छन् । गढवा ५ चिल्लेमा मेला भर्न गएका युवाबीच
विवाद हुँदा गतराति १ बजे गोली चलेको थियो ।
गंगापरस्पुर-८ निवासी वर्षात योगीको खुट्टा र नारायण थापाको पेटमा गोली
लागेको दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताएका छन् । झडपका
क्रममा बुद्धिमान चौधरीको टाउकोमा चोट लागेको छ । घाइतेलाई घोराहीस्थित
राप्ती उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ

चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था गढवाको असोज २१ गते भएको
निर्वाचनको विषयलाई लिएर गढवा-२ गढवा निवासी खुम बहादुर कुँवर र सुरेश
योगीबीच सामान्य विवाद भएपछि मेलाबाट फर्किने क्रममा गोली चलेको थियो ।
गंगापरस्पुर खड्कपुर निवासी वीरेन्द्र चौधरीको नेतृत्वमा रहेको टोलीले
आफ्नो साथी खुमबहादुर कुँवरमाथि आक्रमण भएको भन्दै तीन राउण्ड गोली
प्रहार गरेको प्रहरीले जनाएको छ । अहिले गोली प्रहार गर्ने समूहको खोजी
भइरहेको एसपी मल्लले जानकारी दिए ।
प्रकाशित मिति: २०६९ कार्तिक ६ ०२:०१
Facebook_like

No comments:

Post a Comment