Wednesday, May 30, 2012

भारतमा अत्यधिक गर्मी बढ्न थालेपछि जनजीवन अस्तब्यस्त, दिउँसो घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील

भारतमा अत्यधिक गर्मी बढ्न थालेपछि जनजीवन अस्तब्यस्त बनेको छ । गर्मीको प्रभाव उडिसा राज्यमा बढी परेको छ । त्यहाँको तापक्रम ४६ दशमलव ७ डिग्री पुगेको छ ।
त्यहाँका सबै विद्यालय र कलेज बन्द गरिएका छन् । गर्मीको प्रभाव राजधानी नयाँदिल्लीलगायत अरु राज्यमा पनि परेको छ । दिल्लीमा तापक्रम ४४ डिग्री नाघेको छ ।
दिल्लीमा विद्यालय, कलेजलगायत कलकारखाना बन्द गरिएका छन् । गर्मीको मारमा गरीब जनता परेका छन्, कुलरलगायत पंखा खरिद गर्न नसक्नेहरुको परिवारका अधिकांश बालबालिका घमौराका शिकार बनेका छन् ।
सरकारले बिहान र बेलुकीबाहेक दिउँसो घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरेको छ । भारतमा बर्षेनी गर्मीका कारण थुप्रैंको मृत्यु हुने गरेको छ ।

No comments:

Post a Comment