Monday, May 21, 2012

फरक विचार राख्‍नेमाथिको आक्रमण निन्दनीय : पौडेल

नेपाली कङ्ग्रेस संसदीयदलका नेता रामचन्द्र पौडेलले जातीय हिंसा फैलनसक्ने स्थिति नबनाउन सबैलाई आग्रह गरेका छन्। उनले सामाजिक सद्‍भाव खल्वलिन नदिई संविधान निर्माणको प्रकृयालाई सहज वातावरण बनाउनसमेत आग्रह गरेका छन्।
विज्ञप्ती जारी गर्दै उनले जातीय संगठनका जिम्मेबार नेताबाट पत्रकारमाथि दुर्व्यवहार र धम्की आउनु दुर्भाग्यपूर्ण रहेको जनाएका छन्।
जनकपुरमा कङ्ग्रेस नेता विमलेन्द्र निधीको घरमाभएको तोडफोड, हिजो चार दलको वार्तामा आउँदै गरेका एमाले नेता भीम रावलमाथि भएको आक्रमणको उनले निन्दा गरेका छन्। उनले आफ्नो विचारसँग सहमत नहुनेमाथि आक्रमण नगर्न आह्वानसमेत गरेका छन्।

No comments:

Post a Comment