Thursday, May 31, 2012

देश डिप्रेसनको शिकार

- देशमा बसेर केही हुँदैन, सबै चौपट भयो, गरी खान पाइएन। पछिल्लो समय यस्तै निराशा, आम नागरिकमा। चार वर्षमा संविधानबिनै संविधानसभा विघटन भएपछि नेताहरूप्रति आम नागरिकले विश्वास गर्न छाडेका छन्। भन्न थालेका छन्, 'जुन नेता आए पनि कानै चिरेका।' डाक्टरी भाषामा सिंगो देश नै डिप्रेसनमा छ।
'चार वर्षको ऐतिहासिक लगानी व्यर्थभो, अर्थतन्त्रमा पनि सुधार छैन, अब के हुने हो भन्ने कसैलाई थाहा छैन, हामी नेपाली त केही गर्न सक्दैनौं कि के हो!' मनोचिकित्सक सरोज ओझाले भने, 'पटक पटक आन्दोलन भए पनि परिवर्तनको आभास नपाएकाले देश डिप्रेसनबाट गुजि्रन थालेको छ।'
लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएर लागेका डा. सुन्दरमणि दीक्षितको भनाइमा नेताकै कारण देशलाईडिप्रेसन भएको हो। 'नेताले पैसा कमाए, विदेश गए, संविधानचाहिँ दिएनन्,' उनले देशको स्वास्थ्यको रिपोर्ट दिए, 'जेठ १४ पछि देश आइसियुमा छ, अक्सिजनले धानिराख्या छ।'
लोकतन्त्र ल्याउन उत्रेका डाक्टरहरू देशको स्वास्थ्यबारे चिन्तित रहेको डा. सरोज धितालको भनाइ छ। 'संविधान दिन्छु भनेर भोट मागेका नेताले दुई वर्ष थप्दा पनि संविधान दिन सकेनन्,' उनले भने, 'फेसबुक र ट्वीटरमा उनीहरुप्रति भइरहेको विरोध त्यसैको परिणति हो।'
मुटुरोग चिकित्सक भगवान कोइराला भने देशको स्वास्थ्य गम्भीर भइसकेको मान्न तयार छैनन्। 'चार वर्ष संविधान कुरेका जनता यो बेला आत्तिनु स्वाभाविकै हो,' कोइरालाले भने, 'देशको स्वास्थ्य बिग्रदो छ, यस्तै हो भने असाध्य रोगमा परिणत हुन सक्छ।'
देश स्वस्थ हुन्न त?
नेताहरूले सत्तालिप्सा छाड्ने हो भने देश अझै पनि निको हुनसक्ने दीक्षितको ठम्याइ छ। 'यसभन्दा अगाडिको उपचारमा भर पर्छ अब,' उनी भन्छन्, 'जसले चिकित्साको जिम्मा लिएका छन्, हेरौं तिनले केके उपचार गर्र्छन्।'
चिकित्सा विज्ञानमा सर्जरीका दुई भाग हुन्छन् : इलेक्टिभ र क्रिटिकल। नेताहरू अब पनि सहमतिको भावनाअनुरुप अघि नबढे क्रिटिकल सर्जरी पिरियड सुरु हुने डा. धितालको भनाइ छ।
नेतालाई मात्रै दोष दिन चाहन्नन् डा. कोइराला। जे कदम चाल्न खोजे पनि 'यो त गर्न सकिन्न हजुर' भन्ने सचिवहरू र सिंगो कर्मचारीतन्त्र पनि उत्तिकै दोषी रहेको उनको भनाइ छ।
'नेतालाई मात्र गाली गरेर भएन,' उनले भने, 'आआफ्नो क्षेत्रमा कोसिस गर्ने हो भने नेताले बिगारे पनि देश सप्रन्छ।'
अब गतिशील नेतृत्व चाहिएको डा. ओझाको भनाइ छ। 'अब अक्षमलाई चुन्नु हुँदैन,' उनको प्रेस्त्रि्कप्सन कडा छ, 'त्यसैले चुनाव गरौं, तर अस्तिका ६ सय१ ले चुनावमा भाग लिन नपाउने नियम राख्नुपर्छ, दण्ड त चाहियो।'
नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने बेला आइसकेको उनको धारणा छ। 'नेताहरुले पुरानै ढर्रा नत्यागुञ्जेल जतिपल्ट चुनाव गरे पनि संविधान बन्दैन,' डा. कोइरालाले भने, 'दलहरु नसच्चिई चुनाव चुनाव भन्नुको मात्रै कुनै अर्थ छैन।'
दीक्षितको भनाइमा देशको रोग निदान ढिलो भइसक्यो। 'एक त चुनावमा जान पैसा छैन,' उनले भने, 'फेरि चुनाव गर्ने अनुहार र दल पनि यिनै त हुन्

No comments:

Post a Comment