Thursday, May 31, 2012

जबसम्म तीन संरचना खत्तम गर्न सकिन्न, सत्ता कब्जा हुँदैन : दाहाल

काठमाडौं, जेठ १८ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहाले आफूहरुले भन्ने गरेको सत्ता कब्जा र अहिलेको राजनीतिक स्थितिमा बिल्कुल तादात्म्य नभएको बताएका छन्।
या मानिसहरु सत्ता कब्जा भनेको के हो भन्नेबारे बुझ्न गल्ती गरिरहेका छन्, या त बुझीबुझी बुझ पचाइरहेका छन्, उनले भनेका छन्- प्रधान मन्त्री आफ्नो दलको हुँदैमा सत्ता कब्जा गर्ने हुन्छ र ?
सत्ता कब्जाको त पूरै फरक अर्थ लाग्छ। सेना नियन्त्रण गर्ने, ब्युरोक्रेसीमा कब्जा जमाउने, न्यायिक प्रणालीमा पूरै हेरफेर ल्याउने भन्ने हो सत्ता कब्जा भनेको। जबसम्म यी तीनै संरचनालाई खत्तम गर्न सकिन्न, तबसम्म सत्ता कब्जा भन्ने हुँदैन- उनले भनेका छन्।

No comments:

Post a Comment