Monday, May 28, 2012

संविधानसभाको अप्रत्यासित अवसान दुखद् : राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले चार वर्षमा पनि संविधान बन्न नसकेकोमा खिन्नता प्रकट गरेका छन्। पाँचौं गणतन्त्र दिवशका अवसरमा राष्ट्रका नाममा यादवद्वारा जारीसन्देशमा संविधान सभाको अप्रत्यासित अवसानप्रति चिन्ता व्यक्त गरिएको छ।
'ठूलो संघर्ष र बलिदान पश्‍चात गठित संविधानसभाको अप्रत्यासित अवसान हामी सबैका निम्ति गंभिर चिन्ता र अफसोचको विषय भएकोछ,' उनीद्वारा जारी संदेशमा उल्लेख छ। विगतमा भएको कम कमजोरीलाई समीक्षा गर्दै अन्तरिम संविधानअनुरुप मुलुक अगाडि बढ्ने उनले जनाएका छन्।

No comments:

Post a Comment