Tuesday, May 29, 2012

नेतालाई रुकुम फर्कन नदिइने स्थानियको चेतावनी

धनवीर दाहाल । रुकुम, जेठ १५ । संबिधान निर्माण जारी गर्ने अन्तिम समयसम्म पनि नेताहरुले सहमति गर्न नसकेको भन्दै रुकुमेली जनताहरुले नेताहरुलाई रुकुममा फर्कनै नदिइने चेतावनी दिएका छन् ।
संबिधान निमार्ण गर्नका लागी रुकुमबाट निबार्चित सभाषद्हरुलाई कुनै पनि हालतमा जिल्लाफर्कन नदिने स्थानियहरुले चेतावनी दिएका हुन् । “उनीहरुले संबिधान बनाएर मात्र आउने बाचा गरेकोले अव रित्तो हात जिल्ला आउन दिइने छैन” एक स्थानियबासिले भने । उनले थपे “कुन मुख लिएर आउँछन् र के भन्छन् त्यतिखेर थाहा हुन्छ हामी के गर्छाैं भनेर ।” रुकुम २ निबार्चन क्षेत्रबाट २ जना र समानुपातिकबाट ३ जना गरी ५ जना सभाषद् रहेकाथिए । यस्तै जनताले दिएको समयमा नपुगेर पनि समय थपेर ४ बर्षसम्म जनतालाई धोका दिएको भन्दै तत्काल सहमतिमा पुगी नयाा बाटो रोजेर अगाडी बढन दलहरुलाई आग्रह गरेका छन् ।
पाँचौ गणतन्त्र दिवसको अबसरमा रुकुम सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रमुख एबम प्रतिनिधि सरकारी तथा गैर सरकारी कार्यालय प्रमुखहरुले देशमा लामो समयसम्म संक्रमणकालिन अबस्था लम्बीन नदिन दलहरुलाई आग्रह गरेका हुन् । गणतन्त्रको सास्थागतका लागी दलहरु एकमत भएर अगाडी बढे मात्र सहिदहरुको सपना साकार हुने भन्दै राजनितिक दलहरुले ब्यक्तीगत स्वार्थमा नलागी जनताको दुख र ब्यथालाई सहज बनाउन दलहरु मिल्नुको बिकल्प नभएको समेत बक्ताहरुले बताएका छन । गणतन्त्र दिबसको अबसरमा सदरमुकाममा रयाली बालमन्दिर पुष्पलाल चोक,जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन हुदै जिबिस पुगेर कोण सभामा परिणत भएको थियो । रयालीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, निमित्त स्थानीय बिकास अधिकारी लिलाधर अधिकारी, प्रहरी नायब उपरिक्षक किसन सिह थापा, अनुसन्धान प्रमुख हरि नेपाल, ब्यापारी, शिक्षक, बिद्यार्थी, नेपाल प्रहरी र नेपाल स्काउटको सहभागीता रहेको थियो । गणतन्त्र दिबसको अबसरमा जिल्लामा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले साास्कृतिक कार्यक्रम गरी मनाइएको छ ।

No comments:

Post a Comment