Tuesday, May 1, 2012

पाल्पा, बस दुर्घटनामा दुईको मृत्यु

पाल्पा, वैशाख १९ - पाल्पा तानसेन नगरपालिकाको लामडाँडामा बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार २४ जना घाइते भएका प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा अन्दाजी २० वर्षीय र ३५ बर्षीय दुईजना पुरुष रहेका प्रहरी नायव उपरिक्षक मीरा चौधरीले जानकारी दिइन्। उनीहरुको सनाखत भैसकेकोछैन। तानसेनबाट बुटबलतर्फ जाँदै गरेको लु १ ख ३१३५ नम्बरको बस दुघटनामा परेको हो। घाइतेहरुलाई उपचारका लागि तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा पुर्‍याइएको छ। विपरित दिशाबाट आएको मोटरसाईकलसंग ठोक्किन लाग्दा जोगाउन प्रयास गर्ने क्रममा नियन्त्रण गुमाएर बस सडकमै पल्टेको चौधरीले बताइन्।

No comments:

Post a Comment