Thursday, May 10, 2012

जातिय भिडन्तबाट मुलुकलाई बचाउँनुपर्छः

- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले मुलुकलाई जातिय भिडन्तबाट बचाउनुपर्ने बताएका छन् ।
जनजातिहरु बाहुन-क्षेत्री र बाहुन-क्षेत्री जनजाति विरुद्ध अतिवादी ढंगले लाग्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष लेखीले भने,'जातिय भिडन्तको स्थिती निम्तिनु दुखद् छ । सबै मिलेर जातिय द्वन्द्वबाट मुलुकलाई जोगाउनुपर्छ ।'
उनले जनजाति महासंघ जातिय राज्यको नभई ऐतिहासिक जातिय पहिचान सहितको राज्य माग गरेको बताए । शासकहरुले जतिसुकै भिडाउन खोजे पनि अतिवादमा विश्वास नगर्न आव्ह्रान गर्दै उनले भने, 'अतिवादमा विश्वास गर्नुहुन्न । त्यसले समाजलाई डढाउँछ ।'
माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा जालझेल र असहमतिको खेती गरेर जानीजानी संविधान नबनाउने षडयन्त्रमा लागेको अध्यक्ष लेखीले आरोप लगाए । संकटकाल लगाएर संविधानसभाको म्याद थप्ने षडयन्त्र भइरहेको दाबी गर्दै उनले भने, 'मस्यौदा जारी गरेर छलफल गराएर जेठ १४ मै संविधान ल्याउनुपर्छ । त्यसका लागि दबाब दिन जनजाति महासंघ निरन्तर सडक आन्दोलनमा उत्रिने छ ।'
जनजाति महासंघ सस्तो र चुस्तदुरुस्त प्रशासन भएका धेरै प्रदेशको पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष लेखीले एक मधेस प्रदेश वा थरुहट प्रदेश स्वीकार्न नसकिने बताए । 'तराईमा तीन वा चार प्रदेश हुनुपर्छ' धनगढी जाने क्रममा आदिवासी जनजाति पत्रकार संघले गरेको पत्रकार भेटघाटमा उनले भने ।

No comments:

Post a Comment