Thursday, April 26, 2012

कतै पनि सुरक्षित भएनन नेपाली चेलीहरु

सीमामा एसएसबीले गरे नेपाली चेलीको सामुहिक बलात्कार
१४ बैसाख, ताप्लेजुङ । आफ्ना भाईबहिनीलाई घुम्न लिएर सिमावर्ती क्षेत्र पुगेकी पाचथर, प्राङबुङ गाबिसकी २० बर्षिय तामाङ थरकी युबतीलाई एसएसबीले बलात्कार गरेका छन ।
ताप्लेजुङको कालीखोला र पाँचथरको फलैचा गाबिसबाट नजिक पर्ने फालेलुङका एसएसबीले मंगलबार उनलाई आधा घण्टासम्म नियन्त्रणमा लिएर निर्बस्त्र पारी बलत्कार गरेका हुन ।
उनीसँगै गएका मिलन तामाङले चाररातेमा फोटो खिचेर खाजा खादै गरेको समयमा भारतीय सीमा सुरक्षा बलको फालेलुङ अन्र्तगतको थोकुम पोस्टबाट आएका एसएसबीका दुई जवानले युबतीलाई पक्राउ गरेर लगेको बताए । उनले युबतीलाई एसएसबीले लगेपछि आफुहरु भागेर गाउलेलाई बताएको समते बताए ।
युबतीलाई एसएसबीको टोलिले नियन्त्रणमा लिएको थाहापाए पछि गाउलेहरु समुह बनाएर त्यहाँ पगेका गाउँलेले युवतीलाई निर्बस्त्र अबस्थामा पाएको आजको नागरिकले लेखेको छ ।
यसैगरी पाँचथरको दक्षिणी गाबिस दुरदिम्वामा दुईबालिका बलात्कृत भएका छन । सुँगुरको चारो टिप्न गएका ७ र ८ बर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएका हुन् ।
छिमेकी भक्त लावती र नाइन्द्र लावतीले वाजी थरका ती बालिकालाई जंगलमै बलात्कार गरेको हुन् । पिडित वालिकाका आफन्तले लावतीद्धयको वारेमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।
उनीहरुलाई जवरजस्ती करणीको महल अनुसार नै मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बालिका बलत्कार गर्नेलाई १० देखि १५ बर्षसम्म जेल सजाँय र जरीवाना हुने कानुनी ब्यबस्था छ ।
Comments -

No comments:

Post a Comment