Sunday, April 29, 2012

संविधानका कुरा छाडेर दलहरु लागे सरकार ढाल्ने खेलमा

१७ बैशाख, काठमाडौं । नयाँ बन्ने संविधानका विवाद मिलाउन बस्ने गरेको दलहरुको बैठकमा अब संविधानका कुरा हुन छाडेका छन् । संविधानसभाको म्याद एक महिनाछैन तर दलहरु फेरि सरकार परिवर्तनको खेलमा लागेका छन्। संविधानका बाँकी विवाद समाधान गर्नेमा सहमति नभएपनिसरकार परिवर्तनको कामले प्राथमिकता पाएको छ ।
प्रमुख तीन दल र मधेसी मोर्चाबीच सेना समायोजन विशेष समितिको कार्यकक्ष नयाँ बानेश्वरमा आइतबार बसेको बैठकमा राष्ट्रिय सहमतिको सरकारले प्राथमिकता पाएको हो । दलहरुबीच राज्य पुनर्संरचना र शासकीय स्वरुपमा कुरा मिलेको छैन । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवारसम्म बाँकी विवादका सबै विषयमा सहमति जुट्ने दावी गरे ।
माओवादी अध्यक्ष प्रचण्डले सहमति जुट्ने दावी गरिरहेका वेला कांग्रेस र एमालेले भने तत्कालै वर्तमान सरकारले राजीनामा दिएर सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन् । माओवादीले पहिले विवादका विषय छिनोफानो गर्नुपर्ने अडान राखेको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पहिले विवाद समाधान गर्ने कि सरकारको राजिनामा भन्ने विषयसोमबार टुङ्गिने दावी गरे ।
लगातार संविधानका विवादित विषयमा सहमति जुट्नै लाग्यो भनेर जानकारी दिने नेताहरुकोकुरा आइतबार एकाएक सरकार परिवर्तन तिर ठोक्किएका छन् । नेताहरुले आफूहरु सहमतिको नजिक भएको बताए पनि शासकीय स्वरुप र राज्य पुनर्संरचनामा नेताहरुका कुरा सुन्दा अडान जस्ताको जस्तै मात्र होइन एउटै पार्टीभित्र पनि चर्को विवादछ ।

No comments:

Post a Comment