Saturday, April 21, 2012

कहाँ पुगे प्रचण्ड पुत्र प्रकाश ? हिउँले खायो उनको नाक..

चर्को विवादका बीच लुम्बिनी सगरमाथा पदयात्रामानिस्किएको माओबादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल लगायतको आरोहण टोली अहिले के गर्दै होला ? कहाँ होला ? २ करोड सरकारी सहयोगको घोषणापछि दवावका बीच रकम फिर्ता गरेर रित्तै गएको टोली कसरी सगरमाथा चढ्दैछ, यावत प्रश्न सबैका मनमा हुन सक्छन् ।
माओवादीका विभिन्न तहका युवा नेताहरु कृष्ण केसी, प्रकाश दाहाल, युवराज दुलाल, सरल सहयात्री, शिवकुमार डाँगी, विना मगर, मदन चुडाल, महेश्वर फुयाँल, इशु भट्ट र शिव सापकोटा सम्मिलित आरोहण टोली अहिले सगरमाथाको फेदमा पुगेको छ । चैत्रको २२ गते बिहान विमानबाट सोलुखुम्बुको लुक्लातर्फलागेको यो टोली सगरमाथाको आधार शिविरमा पुगिससकेको छ ।
‘आज प्रस्थान गर्ने दिन । विभिन्न गिरोहको विरोधका बाबजुद हाम्रो यात्रा जारी रहनेछ किनकि हामीलाई हाम्रो राष्ट्र प्यारो छ । हामी लुम्बिनी, सगरमाथा र हाम्रो प्यारो देश नेपाललाई संसारसामु चिनाउन चाहन्छौं र बुद्ध नेपालमा जन्मिएका भनेर पुष्टी गर्न चाहन्छौं । काठमाडौंमा बस्ने नेताहरुलाई शान्ति र संविधानमा केन्द्रित हुन विशेष दबाब दिन चाहन्छौं । सबै तप्काको शुभकामनाको र सहयोगको लागि विषेश धन्यवाद !’ – प्रचण्ड पुत्र प्रकाशले चैत्र २२ गते विहान आफ्नो फेसबुकमा स्टाटस लेखेर गएका थिए । सरकारलाई आफ्ना बाबुको दवाव दिएर २ करोड पाएका भनेर आरोप खेपेका प्रकाशले आफ्नो आरोहणको उदेश्य प्रष्ट पार्ने प्रयास गरेका थिए । पत्रपत्रिका र विपक्षी पार्टीका भातृ संगठन र आफ्नै पार्टीका केहि नेताहरुले पनि सरकारी सहयोगको विरोध गर्दै प्रचण्ड पुत्र भएकैले सरकारले पैसा दिनु गलत भएको बताए । यो विषयलाई प्रचण्ड स्वयंको प्रतिष्ठा र व्यक्तित्वसँग जोडियो । नातावाद र कृपावादमा प्रचण्ड कति अघि छन् भनेर प्रचार पनि गरियो ।
सरकारले फिर्ता नगरेको तर टोलीले लिन अस्वीकार गरेको पैसा विनै सगरमाथा गएको टोली वेस क्याम्पमा पुगेपछि सरकारलाई दिनुपर्ने रोयल्टी नदिइ उकालो लागेको छ । २ करोड सहयोग घोषणा गर्दा सरकारले रोयल्टी नलिने निर्णय पनि गरेको थियो । सरकारी दुई सुविधा मध्ये १ सुविधाको टोलीले भरपुर उपयोग गरेको छ ।
२ वटा झण्डा बोकेर गएको टोलीले सगरमाथाको टुप्पोमा दुई वटै झण्डा गाड्ने लक्ष्य लिएको छ । एकीकृत (माओवादी) का अध्यक्ष प्रचण्डले सुम्पिएको कम्युनिस्ट पार्टीको झन्डा र गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामबरण यादवले सुम्पिएको नेपालको राष्ट्रिय झन्डा टोलीसँग छ । वेस क्याम्पमा निर्माण गरिएका टेन्टबाहिर २ वटा झण्डा गाडेर टोली अहिले त्यहाँ आराम गरिरहेको छ ।
सगरमाथा वेस क्याम्प पुग्दा नपुग्दै प्रकाशको नाक हिउँले विगारिदिएको छ । ६ हजार २ सय मिटरको हिमाल चढ्ने क्रममा हिउँले आफ्नो नाकलाई यसरी विगारिदिएको उनले जानकारी दिएका छन् ।
Comments - Post Now

No comments:

Post a Comment