Friday, November 8, 2013

बन्द गर्ने मुख्य नेतालाई पक्राउ गर्ने सरकारी तयारी

२२ कात्तिक, काठमाण्डौं । नेकपा-माओवादीकी प्रवत्ता पम्फा भुसालले
संविधानसभा निर्वाचन बिथोल्ने गरी पूर्वघोषित १० दिन लामो आमहड्ताल
कार्यक्रम यथावत रहेको विज्ञप्ति प्रकाशित गरेलगत्तै सरकारले बन्दकर्ता
नेतालाई पक्राउ गर्न निर्देशन दिएको छ । सरकारको निर्देशन बमोजिम सुरक्षा
निकायहरुले शान्तिपूर्ण वा जुनसुकै भए पनि बन्द गर्न सडकमा उत्रनेलाई
पक्राउ गरी स्थानीय प्रशासन ऐनको प्रयोग गरी थुन्ने तयारी गरेका छन् ।
उपत्यकाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको
संयुक्त योजना पनि तयार गरिएको अन्नपूर्ण पोस्टमा खबर छ । जसअन्तर्गत
नेपाली सेनाले नियमित रुपमा गर्दै आएको फ्ल्याग मार्चमार्फत बढी
संवेदनशील क्षेत्रको नियन्त्रण -एरिया डोमिनेसन) गर्नेछ भने सशस्त्र
प्रहरी र नेपाल प्रहरीले बन्द गर्न सडकमा निस्कनेहरुलाई पक्राउ गर्नेछन्

'तोडफोड र आगजनीका घटना भए मुख्य नेतालाई पक्राउ गरिनेछ,' सुरक्षा
स्रोतले भन्यो, 'बन्दअघिदेखि नै उनीहरुमाथि निगरानी बढाउन र हिंसात्मक
कुनै पनि काम हुन नदिन सुरक्षाफौज परिचालन गरिएको छ ।' बन्दको फाइदा उठाई
निर्वाचन विरोधी गतिविधिमा लाग्ने जोकोहीको पनि पहिचान गर्न फक्राउ
नीतिले सजिलो बनाउने सरकारी ठम्याई छ ।

No comments:

Post a Comment